९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

विमान भित्रै निदाउने पाइलटलाई जहाज उडानमा प्रतिबन्ध

काठमाडौं - विमान भित्रै निदाउने नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट (आइपी) नागराजलाई जहाज उडानमा प्रतिबन्ध लगाइएको छ।

ककपिटमै निदाएको नागराजको फोटो विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट नागराजलाई जहाज उडानमा प्रतिबन्ध लगाएको हो।एयरबस ३२० का आइपी पाइलट नागराजमाथि जहाज उडानमा प्रतिबन्ध लागेसँगैउनी बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।

पाइलट नागराजलाई ग्राउन्डेड गर्दै प्राधिकरणले नेपाल वायुसेवा निगमसँग अध्ययन गरी रिपोर्ट बुझाउनसमेत निर्देशन दिएको छ। चालक दलका सदस्यसहित १६५ जनाको जिम्मा लिएर काठमाडौं–दुबई जहाज उडाएका नागराज को(पाइलटलाई जहाजको कमान्ड दिएर ककपिटमै सुतेका थिए।

प्रकाशित: २७ वैशाख २०७६ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App