९ आश्विन २०८१ बुधबार
image/svg+xml

चन्दननाथ नगरपालिकामा प्लाष्टिक झोला प्रतिबन्ध

जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध लगाएको छ। प्लाष्टिक जन्य वस्तुका कारण दिनानुदिन वातावरण प्रदुषित बन्दै गईरहेकोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको भन्दै प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको हो। अब चन्दननाथ नगरपालिकामा जुट र फेब्रीक झोलाको प्रयोग गरिने भएको छ।

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

गत साता श्रीलंकामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ।

भेनेजुएली तेलमाथिको अमेरिकी प्रतिबन्ध लागू

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। राष्ट्रपति निकोलस मादुरोको शासनविरुद्ध उभिएको संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

भेनेजुएलाकाे तेलमाथि अमेरिकी प्रतिबन्ध सुरू

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आइतबारदेखि सक्रिय

भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ।

विद्यालयमा मोबाइल प्रतिबन्ध

क्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। सो गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा गत सोमबार बसेको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

मुख्यमन्त्री आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध

भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चुनावी अभियान सञ्चालनमा रोक लगाएको छ। आउँदो महिना सम्पन्न हुने भारतको लोकसभा निर्वाचनमा धार्मिक समुदायबीच घृणाको वातावरण सिर्जना हुने अवस्था रोक्ने उद्देश्यले मुख्यमन्त्री आदित्यनाथलाई तीन दिन चुनावी अभियान सञ्चालनमा रोक लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

नेपालमा पब्जी प्रतिबन्ध

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विषेश आग्रहपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ।

विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउन अष्ट्रेलियन कम्युनिष्ट पार्टीको आग्रह

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन अष्ट्रेलियन कम्युनिष्ट पार्टीले आग्रह गर्दै पत्र पठाएको छ। अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्र्सवादी-लेनिनवादी) ले विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउनका लागि पत्र पठाएको हो।

प्रतिबन्धित विप्लव नेकपाका २ नेता कैलालीबाट पक्राउ

फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २ नेतालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

लालीगुराँस टिप्न प्रतिबन्ध

चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध गरिएको छ। चन्दननाथ नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायीक बन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध गरिएको हो। जथाभाबी फूल टिप्पेर हांगा भाँचिएर गुराँसको रुख सुख्ने खतरा बढेकोले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक बनका अध्यक्ष विर्खबहादुर सार्कीले जानकारी दिए।

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।

पश्चिममा विप्लव नेकपालाई धक्का

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ। प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ। प्रहरी सक्रियता बढेसँगै विप्लव नेकपाका नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ। पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन्। प्रक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन्।

विप्लव समूहका २२ जना पक्राउ

प्रक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भ्रातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज छन्। विप्लव निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्य र युवा संगठनका केन्द्रीय सदस्य शेरबहादुर रानालाई गएराति पक्राउ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्