१० आश्विन २०८१ बिहीबार
image/svg+xml

बल प्रयोग गरे द्वन्द्वको खतरा : पूर्व प्रधानसेनापति क्षत्री

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेको कदमको आलोचना गरे। गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रतिबन्धित नेकपाका नेता÷कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए।

कहिले बन्ला प्लास्टिकमुक्त काठमाडौं ? (भिडियाे रिपाेर्ट)

२०७२ वैशाख १ गते देखि लागुुहुने गरी सरकारले प्लास्टिक जन्य वस्तुमा प्रतिवन्ध लाएको थियो । तर त्यसको केही हप्ता वित्न नपाउदै भूकम्प गएपछि यो निर्णय कार्यान्वनमा आउन सकेको थिएन । त्यसपछि पनि सरकारले पटक पटक प्लास्टिक जन्य बस्तुमा प्रतिवन्ध लगाउन प्रयास गरेको थियो । प्लास्टिकबाट वातावरणमा पर्ने असरलाई न्यून गर्न सरकारले यो कदम उठाएको भएपनि विनायोजना र विनापूर्वतयारी गरेकाले निर्णय पूर्णरुपमा कार्यान्वयन हुन सकेन ।

गाउँगाउँमा विप्लव आतंक, वडाध्यक्ष 'टार्गेट'मा

महेश्वर चामलिङ राई । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह गाउँकेन्द्रित हुन थालेको छ। गतसाता सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहले आफ्ना गतिविधि तीव्र पारेको छ।

विप्लव बुझेका प्रचण्ड

एउटा नेपाल कम्युनिस्ट पार्टीले अर्को नेपाल कम्युनिस्ट पार्टी (विप्लव)विरुद्ध प्रतिबन्ध घोषणा गरेको छ। उसो त नेपालको राजनीतिमा एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई निषेध गरेको घटना नौलो भने होइन। हिजो पनि माओवादी र एमालेले एक अर्कालाई निषेध गरेकै हुन्। माओवादीको आलोचना गर्नेमा कांग्रेसभन्दा एमाले एक कदमअगाडि थियो।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मतभेद

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो।

प्लस्टिक प्रयोगमा रोक लगाइने

नेचासल्यान गाउँपालिकाले सिसाजन्य र प्लास्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चैत ५ मा बसेको गाउँसभाले आर्थिक वर्ष २०७६÷७७ को साउन १ देखि गाउँपालिकामा सिसा र प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ।

न्युजिल्यान्डमा सैन्य शैलीको हतियार प्रतिबन्ध

न्युजिल्यान्ड सरकारले सबै प्रकारका अर्धस्वचालित हतियार र राइफलमाथि प्रतिबन्ध लगाएको छ। केही दिनअघि ५० जनाको ज्यान जाने गरी क्राइस्टचर्चमा रहेका दुई भिन्न मस्जिदमा भएको गोलीकाण्डपछि न्युजिल्यान्ड सरकारले यसअघि सर्वसाधारणलाई हतियार राख्न दिएको व्यवस्थालाई परिवर्तन गरेको हो।

न्युजिल्यान्डमा व्यक्तिले स्वचालित हतियार राख्न नपाउने घोषणा

न्युजिल्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।  क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले नयाँ नियम घोषणा गरेको हो।

सरकारले प्रतिबन्ध लगाउन खोज्यो : राप्रपा संयुक्त

राप्रपा संयुक्तले आफूमाथि सरकारले प्रतिबन्धको तयारी गरेको आरोप लगाएको छ। अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सुरक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई नेत्रविक्रम चन्द विप्लव समूहसँगै निमिट्यान्न पार्ने धम्की दिएको आरोप लगाए।

नेताहरूलाई प्रधानमन्त्रीको प्रश्न : विप्लवमाथि प्रतिबन्ध लगाउँदा किन रुवाबासी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द (विप्लव समूह) का बारेमा धारणा राख्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन्। विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा पार्टी भित्रबाटै नेताहरूले अपरिपक्व निर्णय भन्दै विरोध गरेपछि प्रधानमन्त्री ओलीले विप्लवबारे धारणा राख्दा ख्याल गर्न आग्रह गरेका हुन्।

विप्लवको ध्वंस रोक्न प्रतिबन्धको आड

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका हिंसात्मक र ध्वसांत्मक गतिविधि नियन्त्रण गर्न प्रचलित कानुन अपर्याप्त भएकाले मन्त्रिपरिषद्बाटै प्रतिबन्ध लगाउनुपरेको कानुन कार्यान्वयन तहमा रहेका व्यक्तिहरूले बताएका छन्। विगतमा डिफेन्स आर्मी, संयुक्त जातीय मोर्चा र मूलवासी राष्ट्रिय फोर्सका नाममा भएका गतिविधि र विप्लव समूहले गरेका गतिविधिमा फरक नभए पनि कानुन कार्यान्वयन र कारबाहीका लागि फराकिलो दायराको अभाव हुँदा नियन्त्रण गर्न अप्ठेरो भएको उनीहरूको भनाइ छ।

११ विद्यार्थी संगठनद्वारा विप्लवमाथिको प्रतिबन्ध हटाउन माग

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले विज्ञप्ति जारी गरी सरकारको यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। सरकारलाई द्वन्द्वको बाटोमा नजान पनि विद्यार्थीहरुले आग्रह गरेका छन्।

प्रतिबन्ध फिर्ताकाे माग

विवेकशील साझा पार्टीले नेत्र विक्रम चन्द नेतृत्वको समूहलाई हिंसाको बाटो छाडी शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेको छ। सो पार्टीले बिहीबार विज्ञप्ति निकाल्दै हिंसाको बाटोबाट देशको शान्ति, स्थिरता र विकासलाई पुन दशकौं पछाडि धकेल्ने जनाएको छ।

विप्लवलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक : कांग्रेस नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्