१३ आश्विन २०८१ आइतबार
image/svg+xml

धनगढी विमानस्थल एक महिनादेखि बन्द

सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उडान हुने एकमात्र नियमित उडान हुने धनगढी विमानस्थल बन्द भएको एक महिना बित्दा पनि सुचारु हुन सकेन। हवाई उडान बन्द हुँदा सुदूरपश्चिम प्रदेशका सर्वसाधारण प्रत्यक्ष मार्कामा परेका छन् भने पर्यटन, व्यवसायलगायत क्षेत्र प्रभावित बनेका छन्।

ब्रिटिस एयरवेज १० वर्षपछि पाकिस्तान फर्कियो

सुरक्षा अवस्था कमजोर रहेको भन्दै १० वर्षभन्दा पहिले उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पुनः पाकिस्तानका लागि उडान सुरु गरेको छ। बेलायती वायुसेवाको सो विमानको उडान पाकिस्तानका लागि निकै महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट साताको तीन दिन पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान गर्नेछ ।

गौतमबुद्ध विमानस्थललाई तीन अर्ब

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ।

धनगढी विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।

जेठ २१ गतेसम्म बन्द

सुदुरपश्चिमवाट काठमाडौं हवाई उडान हुने एकमात्र धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमाडौं आहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन्। काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ। हृदयघातलगायत केही गम्भीर बिरामीको सुदूरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई मार्गमार्फत उपचारका लागि बिरामी काठमाडौं जाने गर्थे।

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

फानी आँधिको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ। मौसम प्रतिकुल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

क्षतिग्रस्त विमान र हेली नहटाइँदा समस्या

क्षतिग्रस्त विमान नहटाइँदा लुक्लामा हेलिकप्टर उडान तथा अवतरणमा समस्या भएको छ। वैशाख १ गते समिट एयरको कलसाइन नाइन एन– एएमएचको जहाज मनाङ एयरको हेलिकप्टर नाइन एन–एएलसँग ठोक्किएर दुर्घटना भएको थियो।

अन्तर्राष्ट्रिय उडान प्रभावित

राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्ने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बुधबार बिहान ११ बजे उड्नुपर्ने नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ००१ बीस मिनेट ढिलो उडेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका फेरबदल हुन पुग्यो ।

जेट एयरले उडान रोक्दै

भारतीय विमान कम्पनी जेट एयरवेजले चार दिन उडान रोक्ने भएको छ। विमानले काठमाडौं–दिल्ली र लण्डनको उडान तालिका मिलाउनु परेकोले उडान रोक्न लागेको हो।  ‘आधिकारिक रुपमा उडान रोक्ने पत्र आएको छैन’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘कम्पनीसँग बुझ्दा चार दिनसम्म दैनिक एउटा उडान गर्ने बुझिएको छ।’

जापान उडान अनुमतिको टुंगो ४५ दिनभित्र

नेपाल वायुसेवा निगमले वाइड बडी जहाज जापानको ओसाका सहरमा उडाउन अनुमति माग गरेको छ। प्रक्रिया पुरा गरेर अनुमति मागको लागि आइतबार जापानको जापान सिभिल एभिएसन व्यरो (जेक्याब)मा निगमले आवेदन दिएको निगम सहप्रवक्ता नबराज कोइरालाले जानकारी दिए। उनका अनुसार आवेदन दिएको मितिबाट ४५ दिनभित्र अनुमति पाउने वा नपाउने टुंगो लाग्छ।

एक दर्जन जहाज लुक्लामै थन्किए

मौसममा आएको खराबीका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक दर्जन जहाज थन्किएका छन्। विहान डेढ सयको हाराहारीमा उडान भएको विमानस्थलमा मध्यान्नपछि मौसम प्रतिकुल भएपछि १० हेलिकप्टर  र २ वटा जहाज लुक्लामै थन्किएको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमाननाथ अधिकारीले बताए।

फिरफिरेदेखि ‘वाइडबडी’ को ककपिटसम्म

प्लेन चढ्न लाइन लागेका श्रमिक देख्दा उनी भावविह्लल बन्छन्। झन् कुनै बेला आफ्नै साथीलाई पनि त्यही लाइनमा देखे भने उनको भावुकता दोब्बर हुन्छ।

'त्यसै उडान रोक्न मिल्दैन'

अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्