२३ आश्विन २०८१ बुधबार
image/svg+xml

किशोरी हत्याको आरोपमा आमा र काकासहित चार पक्राउ, बुवा फरार

पर्सामा आफ्नै परिवारजनले एक जना किशोरीको हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ। १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा पोखरिया नगरपालिका वाड नम्बर ९ सेमरवारीबाट आमासहित ४ जना पक्राउ परेका हुन्। गत पुस १ गते राति किशोरी पुनिताको हत्या भएको बताइएको छ।

जुवाखालबाट १४ पक्राउ

मध्यपुर थिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ।

७५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा टोलीले वीरगन्जको नापी शाखा कार्यालयबाट ७५ हजार रुपैयाँ घुस सहित नापी सर्वेक्षक पक्राउ गरेको छ।

सहायक वन अधिकृत दश हजार घुससहित  पक्राउ

बबइ सब डिभिजनमा वन कार्यालय,जयनगरमा कार्यरत सहायक वन अधिकृतलाई अख्तियारको टोलीले सोमबार पक्राउ गरेको छ।

ठेक्का हत्याउन कीर्ते कागज पेश गरेपछि...

बागमती नदीको ढुंगा, गिटी र बालुवालाई हत्याउन खोज्ने एक व्यावसायी प्रहरीको नियन्त्रणमा पुगेका छन्। बैंकको नक्कली कागजात तयार पारी नगरपालिकामा पेश गरेर ठेक्काको सम्झौता गर्न खोज्ने व्यावसायी अन्ततः प्रहरीको नियन्त्रणमा परेका हुन्।

सहायक वन अधिकृत घुससहित पक्राउ

बबइ सब डिभिजनमा वन कार्यालय,जयनगरमा कार्यरत सहायक वन अधिकृतलाई अख्तियारको टोलीले घुस सहित सोमबार पक्राउ गरेको छ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घूससहित वन सहायक अधिकृत आनन्दप्रसाद साहलाई पक्राउ गरेको हो। बबई सव - डिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए।

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

कुख्यात अपराधी ‘साइला’ पक्राउ

ज्यानसम्बन्धी कसूरमा मुद्दा खेपिरहेका धादिङ खनियाबासका साइला भन्ने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन्।

नयाँबजारबाट ‘राते’ पक्राउ

विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भन्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई गएराति काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको छ।

सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह र उनका गाडी चालकमाथी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ। गत पुस ५ गते साँझ कृष्णनगर स्थित आफ्नै निवासमा बोलाएर राप्रपा तर्फबाट मेयरका उम्मेदवार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रा माथी सांसद शाहले निर्घात कुटपीट गरेका आरोप छ।

दुई किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

प्रहरीले २ किलो सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलबाट प्रहरीले दुवईबाट आएका भारतीय नागरिकलाई सुन सहित पक्राउ गरेको हो।

लागुऔषधसहित तीन पक्राउ

उदयपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। बुधबार राति पौने ९ बजेको समयमा त्रियुगा नगरपालिका ११ इमाटोलस्थित सोमबहादुर राईको घरबाट प्रतिबन्धित लागुऔषध नाईट्रोजन र गाँजासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

विप्लवका नेता अदालतभित्रबाटै पक्राउ

धरौटी बुझाएर रिहा भएका सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ नेतालाई प्रहरीले अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ।

लागुऔषधसहित एक पक्राउ

प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीमा बस्ने बर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो।

मलद्वारमा आधाकिलो सुन लुकाएर ल्याउने भारतीय पक्राउ

आधाकिलो अवैध सुनसहित भारतीय नागरिक त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्