२३ आश्विन २०८१ बुधबार
image/svg+xml

गोरखामा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

अवैधरूपमा गर्भपतन गराउने महिलासहित दुई पक्राउ

जिल्ला सदरमुकाम अमरगढीबाट अबैध गर्भपतन गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन्। अमरगढी नगरपालिका–५ बस्ने २२ वर्षीया हरु भनिने हरिना भट्ट र वडा नम्बर ४ तल्लो खलंगा घर भएका ३६ वर्षीय डम्बरबहादुर रावललाई प्रहरीले पक्राउ गरेको हो।

गाउँपालिका अध्यक्ष ८ लाख घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई पक्राउ गरेको छ। ८ लाख रुपैयाँ घुस रकम सहित गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई रंगेहात पक्राउ गरेको हो।

अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

सभामुखका उम्मेदबार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गरेका हुन्।

दीपक मनाङे पक्राउ

गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई लेकसाइडको होटल प्याराडाइजबाट इनिस्पेक्टर दिपक केसी कामाण्डको प्रहरी टोलीले पक्राउ गरेको हो। आजै मात्र अदालतले उनलाई पक्राउ पूर्जी जारी गरेको थियो।

छुरा प्रहारबाट एकको मृत्यु, दुई पक्राउ

मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

बन कार्यालय प्रमुख घुस सहित पक्राउ

रुपन्देहीको सैनामैना सव डिभिजन वन कार्यालय प्रमुख सेवाग्राहीबाट ५ हजार घुस लिदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुस रकम लिदै गर्दा बुधबार विहान १० बजे पक्राउ गरेको हो।

चन्द समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

बलात्कार आरोपमा वडा सचिव पक्राउ

शौच गर्न रातीको समयमा घर बाहिर निस्केकी रौवाहीका एक महिला गत आईतबार राति बलात्कारको सिकार भएको घटना सर्वजनिक भएको छ।

नयाँ बसपार्क शुद्धीकरण अभियान : चार महिनामा ७२१ पक्राउ

मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ। देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो।

डेढ किलो चरेशसहित वडा सदस्य पक्राउ

प्रहरीले मार्तडीबाट अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।। आइतबार राति मार्तडी बजारबाट बडिमालिका नगरपालिका ३ का वडा सदस्य र एक जना व्यापारीलाई डेढ किलो चरेशसहित पक्राउ गरेको हो ।

विप्लवका ११ नेता अदालतबाटै पुनः पक्राउ

दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा १५÷१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो।

भन्सार छली गर्ने तीन जना पक्राउ

सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

आस्था राउतविरुद्ध पक्राउ पुर्जी

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्