२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ठूलो परिमाणमा लागूऔषध सहित दुईजना पक्राउ

सर्लाहीबाट ठूलो परिमाणमा लागूऔषध सहित दुईजना पक्राउ परेका छन्। कास्कीको लेखनाथ पोखरा महानगरपालिका–१ घरभई हाल तनहुको शुक्लागण्डकी नगरपालिका–३ बस्ने ३५ वर्षीय पूर्णबहादुर तामाङ तथा तनहुको शुक्लागण्डकी नगरपालिका–७ का ४३ वर्षीय यज्ञचन्द्र आलेलाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

नक्कली नोटसहित दुई पक्राउ

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। सो टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट रु एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज बिहान पक्राउ गरेको हो।

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति

गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

ब्राउन र ह्वाइट सुगरसहित एक जना पक्राउ

लहानबाट प्रहरीले ब्राउन र ह्वाइट सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सप्तरी सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय प्रेमकुमार चौधरी छन्।

लागुऔषधसहित गजुरीबाट दुई जना पक्राउ

धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।

लुटपाट आरोपमा एक पक्राउ, पाँच फरार

लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राति सर्लाहीकै बसबरिया गाउँपालिका–४, धनगढास्थित गोनरवा टोलका १९ वर्षीय रोहितकुमार साहलाई लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

लुट्दा लुट्दै प्रहरी पुगेपछि...

लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राती एक युवकलाई पक्राउ गरेको छ। लुटपाटमै संलग्न पाँच जना भने भाग्न सफल भएको प्रहरीको दाबी छ।

गोरु काटेको आरोपमा पक्राउ

गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन्।

३ किलो चरेस बोकेर बैंकक जान लागेका युवक विमानस्थलमा पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३ किलो चरेस सहित १ जना पक्राउ गरेको छ। प्रहरीले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका ईलाम मासेवुङ गाँउपालिका १ बस्ने दिलेन्द्र योङहाङलाई अन्दाजी ३ किलो लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसरी पक्राउ परे सार्वाजनिक सवारीमा अश्लील गतिविधि गर्ने रवीन रुचाल

सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन्।

बेलायती राजदूत पक्राउ

इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन्। इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्।

भारतमा राष्ट्रपति पदकबाट सम्मानित डिएसपी आतंकवादीसँगै पक्राउ

भारतमा राष्ट्रपति पदकबाट सम्मानित एक जम्मू कश्मीरका प्रहरी अधिकारी आतंकवादीसँग पक्राउ परेका छन्। संवेदनशील मानिएको श्रीनगर अन्तराष्ट्रिय विमानस्थलमा तैनाथ डिएसपी देविन्दर सिंह शनिबार दुई आतंकवादीसँगै पक्राउ परेका हुन्।

१२२ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले चालू आर्थिक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १४४ जना प्रतिवादीमध्ये १३२ जनालाई पक्राउ गरेको जनाएको छ।

खोटाङमा छ महिनामा एक सय ३२ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्ष विभिन्न अपराधिक क्रियाकलापमा संलग्न १ सय ४४ जना प्रतिवादीमध्ये १ सय ३२ जनालाई पक्राउ गरेको जनाएको छ। शुक्रबार आर्थिक वर्ष २०७५/०७६ को तेश्रो त्रैमासिक सार्वजनिक सुनुवाई गर्दै प्रहरीले गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई बाल सुधारगृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छुटेको र १४ जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

स्रोत नखुलेको ७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ७ हजार अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार बिहान रसुवागढी नाका हुँदै केरुङ जान लागेका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका २२ वर्षीय कान्छाकुमार घले पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्