२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

गोरु काटेको आरोपमा पक्राउ

 इलाम-  गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन्। गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो।    
    
प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो । उनीहरुले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन्। घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताए। रासस

प्रकाशित: २ माघ २०७६ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App