चुनढुङ्गा खानी बन्द गर्न स्थानीयको माग
कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले वर्षेनी सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।
कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले वर्षेनी सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।
वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको बताएको छ। वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदुषणको मात्रा बढेको बताएका हुन्।
काठमाडौं विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
वायु प्रदुषणले अहिले मुख्य सहर प्रभावित भएका छन्। राजधानी काठमाडौं सहित पोखरा र अन्य क्षेत्रमा पनि वायु प्रदुषण उच्च छ। वायु प्रदुषणले गर्दा भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन। विमानस्थलमा शुक्रबार दिउँसो साढे तीनबजेसम्म कुनैपनि जहाज अवतरण गर्न सकेका छैनन।
ध्वनी प्रदुषण नियन्त्रणमा विराटनगर महानगरपालिकालाई सघाउने धर्म गुरुहरू तथा धार्मिक क्षेत्रका अगुवाहरूले प्रतिवद्धता जनाएका छन्।
सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ।
उनका अनुसार दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको हो।
केहीदिन देखि पोखरामा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी त घटाएको छ नै चारैतिर अस्तव्यस्त पनि बनाएको छ । एकाएक वायु प्रदूषण बढेपछि पोखरेली पनि चिन्तित बनेका छन् ।
वर्षायाममा लगातार वर्षा हुँदा प्रदूषणको मात्रा जसरी ह्वातै घट्छ, अहिले त्यस्तै स्थिति काठमाडौं उपत्यकामा छ।
ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयबासिन्दाले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्।
पटक पटक आग्रह गर्दा पनि ईन्दुशंकर चिनी उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन्।
–फोक्सोमा क्यान्सर हुनुको ९० प्रतिशत कारण चुरोट हो। त्यसपछि १० प्रतिशत कारणमा प्रदुषण,औधोगिक प्रदुषण,सवारी साधनवाट निस्कने प्रदुषण,रेडियशन,एक्सरे,युरेनियम कारखानामा काम गर्नेहरुमा पनि फोक्सोको क्यान्सर हुन्छ। एचवेस्टर (आगो निरोधक)को कणमा सम्पर्क हुँदा पनि क्यान्सर हुन्छ।
पछिल्लो समय काठमाडौ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ। जाडो मौसममा काठमाडौं उपत्यकामा प्रदुषणको तह बढिरहेको प्रदुषण मापन यन्त्रले औल्याएका छन्।
भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो। सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ।
भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन्। आइतबार जस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन्।