१० मंसिर २०८१ सोमबार
image/svg+xml

दूधको मूल्य बढ्यो

दुग्ध व्यवसायीले अर्घाखाँचीमा दूधको मूल्य बढाएका छन्। दुग्ध व्यवसायीले बुधबारदेखि लागु हुने गरी दूधको मूल्यमा प्रतिलिटर १० रूपैयाँका दरले वृद्धि गरेका छन्।

२८ बुंदे लन्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

महामारी युगमा सम्पूर्ण स्वास्थ्य मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ।

‘शान्तिपूर्ण प्रदर्शन कुण्ठित नगर’

नेपालको संविधानको धारा १७, मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १९ तथा नेपाल पक्षराष्ट्र भएको नागरिक तथाराजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा १९ ले प्रत्येक व्यक्तिलाई विचारर अभिव्यक्तिको स्वतन्त्रता प्रत्याभूत गरेको आयोगले सम्झाएको छ।

डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठक सम्पन्न

घोषणापत्रमा महामारीको दौरान र महामारीपश्चात्को समयमा अत्यावश्यक स्वास्थ्य सेवा र जनस्वास्थ्यका कार्यक्रम सञ्चालन राख्नका लागि समुदायलाई संलग्न गराउन, समुदायको सशक्तीकरण गर्न, जोखिममा रहेका र प्रभावित समुदायका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न, जनस्वास्थ्य आपत्कालीनसम्बन्धी र विपद् जोखिम व्यवस्थापनसम्बन्धी रणनीतिलाई एकीकृत गर्न, प्राथमिक स्वास्थ्य स्याहारमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्न सदस्य राष्ट्रले प्रतिबद्धता जनाएको छ।

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितमा आज बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ।

अनुदान बढ्यो उत्पादन घट्यो

सरकारले कृषि उत्पादन बढाउन अनुदान रकम वृद्धि गरे पनि उत्पादन घटेको छ। किसानलाई दिँदै आएको अनुदान रकम १०.७४ प्रतिशतले वृद्धि गर्दा तरकारी उत्पादन ४.२६ प्रतिशत र फलफूल ६.९६ प्रतिशतले घटेको हो।

वाग्मतीमा शाक्य मुख्यमन्त्री

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले सर्वसम्मतिले दलको नेतामा शाक्यलाई चयन गरेको थियो।

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न एनआरएनएद्वारा श्वेतपत्र जारी

नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यलाई अझ सशक्त बनाएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न श्वेतपत्र जारी गरिएको प्रमुख डा. केसीले बताए।

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

राति ८ बजेपछि गाडी चलाउन रोक

चोक/खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोज भतेरलगायत गर्न गराउन रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन। शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन पाउने छैनन्।

सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन्।

१२५ वर्षीय पुजारीको निधन

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पुजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ।

कार्यदल गठन भए पनि बिपी प्रतिष्ठानमा आन्दोलन जारी

संघर्ष समितिले कार्यदल गे औपचारिक रूपमा जानकारी पाएको छैन। आफूहरूको माग पुरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी नै राख्ने संघर्ष समितिका सदस्य एवं जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले बताए।

गण्डकी प्रदेश सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी

गण्डकी प्रदेश सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी गरिएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्