३ कार्तिक २०८१ शनिबार
image/svg+xml

हङकङ सरकारबाट म्याग्दीकी गुरूङ सम्मानित

म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छिन्। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई  चिफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ बाट सम्मानित गरिएको हो।

नेपाल प्रहरीलाई एएफसीको सम्मान

एसियाली फुटबल संघ(एएफसी)ले म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मान गरेको छ ।

म्याच फिक्सिङ अनुसन्धानका लागि नेपाल प्रहरी सम्मानित

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा पुर्‍याएको योगदानका लागि नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मानित गरेको छ। शुक्रबार मलेसियाको क्वालालम्पुरमा आयोजित एक समारोहमा म्याच फिक्सिङ अनुसन्धानको नेतृत्व गरेका अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज पाठकलाई एएफसीका महासचवि डाडो विन्डसोरजोनले सम्मानित गरेका हुन्।

तीन स्रष्टालाई पद्यमश्री सम्मान

पद्यमश्री साहित्य पुरस्कार २०७३ कवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराइलाई प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको सो पुरस्कारको पछिल्लो संस्करण कविता संग्रहलाई प्रदान गरिएको हो ।

तीन साहित्यकारलाई पद्मश्री सम्मान

लामोसमयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै  ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।

जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जाजरकोटमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। जेष्ठ नागरिक संघ जाजरकोटको आयोजनामा एक कार्यक्रम गरि जिल्लाका ४० भन्दा बढीलाई विभिन्न बस्त्रहरु उपहार दिएर सम्मान गरिएको हो।

तीन साहित्यकार बेलायतमा सम्मानित

नेपाली साहित्यमा योगदान पुऱ्याउने तीन जना स्रष्टालाई बेलायतमा सम्मान गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतले एउटा साहित्यिक कार्यक्रमबीच उपन्यासकार अमर न्यौपाने, कवि गोविन्दराज विनोदी एवं गजलकार रवि प्राञ्जललाई सम्मान गरेको हो।

सम्मानीय र माननीयलाई एकै दर्जामा, गृहको असहमति

पूर्वपदाधिकारीको सूचीमा पूर्वसांसदलाई पनि राख्ने प्रस्तावप्रति गृह मन्त्रालयले असहमति जनाएको छ । राज्य व्यवस्था समितिको आइतबारको बैठकमा पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमाथि बोल्दै गृहमन्त्री जनार्दन शर्माले सम्माननीय र माननीयलाई एकै ठाउँमा राखेर विधेयक पारित गर्न नमिल्ने बताए ।

नागरिककर्मी पौडेललाई अर्थ पत्रकारिता सम्मान

पत्रकारिताको माध्यमबाट मुलुकको आर्थिक क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै नागरिककर्मी दिलीप पौडेल ‘अर्थ पत्रकारिता सम्मान–२०७४’बाट सम्मानित भएका छन्। पौडेललाई आपूूर्ति मन्त्री शिवकुमार मण्डलले सम्मान पत्रसहित नगद १० हजार रुपैयाँले सम्मानति गरे।

प्रधानमन्त्री देउवाको सम्मानमा रात्रिभोज

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले बुधबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्। प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान यहाँ आइपुगेका हुन्।

राखेपबाट खेलाडी सम्मानित

राष्ट्रिय खेलकुद परिषदको ५४औं वार्षिकोत्सवको अवसरमा युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मान गरेको छ ।

वर्ल्ड सिरिज धावक गुरुङ सम्मानित

तेन्जिंग हिलारी एभरेस्ट म्याराथन प्रालिले बिहीबार सन् २०१५ को एभरेस्ट म्याराथनको बिजेता र सन् २०१४ र २०१६ को उपबिजेता भिम बहादुर गुरुङलाई एक कार्यक्रमबीच सम्मान गरेको छ। एभरेस्ट म्याराथनका कार्यक्रम ब्यबस्थापक शिखर पाण्डेले गुरुङलाई अभिनन्दन पत्रले सम्मान गर्दै तेन्जिंग हिलारी एभरेस्ट म्याराथनको ‘हल अफ फेम’मा समाहित गरेको जनाए।

नागरिककर्मी त्रिपाठी सम्मानित

नागरिक दैनिकका वीरगन् संवाददाता रितेस त्रिपाठी सम्मानित भएका छन्। उनलाई पर्साको ग्रामिण क्षेत्रको ठूलो सहकारी सहयात्रि बचत तथा रिण सहकारी संस्था लिमिटेडले सहकारीको नीति र सिद्धान्त कार्यन्यवनमा योगदान पुर्‍याउने किसिमले पत्रकारिताका माध्यमले महत्वपुर्ण योगदान गरेको भन्दै सम्मानित गरेको हो।

गायिका वली र गायक अधिकारी सम्मानित

गायिका कोमल वली र गायक अजय अधिकारी ‘सुशील’ सम्मानित भएका छन् ।  तीजको अवसर पारेर नीजि तथा आवशीय विद्यालयको छाता संगठन (प्याप्सन) काठमाडौंको आयोजनामा भएको तीज विशेष कार्यक्रममा कलाकारद्वय वली र अधिकारीलाई सम्मान गरिएको हो ।

सम्माननीय प्रधानन्यायाधीशलाई सुझाव

पछिल्लो चरणमा कतिपय न्यायाधीशमा अध्ययन कम हुँदै गएका उदाहरण बाक्लै भेटिन थालेका छन्। जस्तो– कुनै कार्य गर्नमा रोक लगाउन प्रतिषेध जारी गरिनुपर्नेमा परमादेश जारी भएका छन्। प्रमाण ऐन, २०३१ को दफा २ (झ) भनेर लेखिन्छ। प्रमाण ऐनमा त्यो दफा नै छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्