३ कार्तिक २०८१ शनिबार
image/svg+xml

रत्नशमशेरलाई खेमराज संगीत सम्मान

गीतकार रत्नसमशेर थापा ‘खेमराज गुरुङ संगीत सम्मान’ बाट सम्मानित भएका छन् । गायक खेमराज गुरुङको प्रथम वार्षिक स्मृतिको अवसरमा खेमराज गुरुङ ट्रष्टले वरिष्ठ गीतकार थापालाई ५० हजार नगदसहित सो सम्मान प्रदान गरेको हो ।

दुई नागरिककर्मीलाई टेलिकमको सम्मान

नेपाल टेलिकमले दुई जना नागरिककर्मीलाई सम्मान गर्ने भएको छ। २०७३ सालमा उत्कृष्ट समाचार प्रेसित गरे बापत टेलिकमले नागरिककर्मी सन्तोष न्यौपाने र सन्तोष पोखरेलाई संयुक्तरुपमा सम्मानित गर्न लागेको हो। सम्मानित हुनेमा गोरखापत्रका संवाददाता विश्वास रेग्मी पनि रहेका छन्।

रत्नलाई दीर्घ साधना सम्मान

आगामी साउन २२ गते राजधानीमा आयोजना हुन लागेको छैटौं संस्करणको ‘म्युजिक खबर म्यूजिक अवार्ड’मा गीतकार रत्नशमशेर थापालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान २०७४’बाट सम्मानित गरिने भएको छ।

नागरिककर्मी रौनियार सम्मानित

१३ औं वाईवाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट नागरिक दैनिकी पत्रकार रूबी रौनियार र एडुखबर डटकमका सम्पादक श्रीधर पौडेल सम्मानित भएका छन्। पुरस्कारको राशि जनही ५ हजार एक रहेको छ।

तेक्वान्दो खेलाडीलाई सम्मान

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका आइटिएफ खेलाडीलाई भक्तपुर जिल्ला खेलकुद विकास समिति र विद्या विकास सेकेन्डरी बोर्डिङ स्कुलले संयुक्त रूपमा सम्मान गरेका छन्।

सासु ससुराद्वारा गाउँका ९ असल बुहारी सम्मानित

जिल्लाको बगनाकाली गाउँपालिका–८, का सासू ससूराहरुले असल बुहारी सम्मान गरेका छन्। बराङ्दीका सासूससूराले साविस गाविसको बजेटबाट नौ असल बुहारी सम्मान गरेका हुन्।

बेलायतमा नेपालीमुलका उम्मेदवारलाई सम्मानजनक भोट

बेलायतको संसदीय निर्वाचनमा नेपाली मूलका एकमात्र उम्मेदवार डा. बच्चु कैलाश कैनी पराजित भएका छन्।

‘मैले सिकेको, बुझेको र सम्मान गरेको क्षेत्र हो नाटक’

सिर्जना सुब्बा मन्डला थिएटर संस्थापकमध्ये एक हुन् । ०६२ देखि नेपाली रंगमञ्चमा सक्रिय उनले एक वर्षअघि निर्देशन गरेको नाटक ‘युमा’ सफल रह्यो । सिर्जनाले ३० वटाजति नाटक र आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् । व्यावसायिक रुपमा सफल चलचित्र लुटमा उनले निभाएको ‘पुतली’को भूमिका दर्शकले खुबै पराए । सन् २०१६ मा अमेरिकामा भएको क्विन्स फिल्म फेस्टिभलमा चलचित्र ‘डाइङ क्यान्डल’मार्फत् सिर्जना उत्कृष्ट अभिनेत्रीको नोमिनेसनमा परेकी थिइन् । उनै सिर्जनालाई सात सवाल :

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ : मन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताएका छन् ।

अमेरिकामा तीन नेपाली पत्रकारलाई सम्मान

समाचार स्रोत र सञ्चारकर्मीको सम्बन्ध व्यवसायिक नहुँदा प्रवासी पत्रकारिता गुणस्तरीय नभएको गुनासो बढेको छ। व्यक्तिगत लाभका लागि समाचार लेख्ने वा नलेख्ने वर्गबाट नेपाली पत्रकारिता कमजोर बन्दै गएकोमा लेखक शिव प्रकाशले चिन्ता प्रकट गरे।

अन्तर्राष्ट्रिय समुदायद्वारा मताधिकारको सम्मान गर्न आग्रह

अन्तर्राष्ट्रिय समुदायले वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनप्रति चासो देखाउँदै नेपालको संविधानले नेपाली जनतालाई प्रदान गरेको ‘मतदान अधिकार’को सम्मान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

नागरिक नायक सम्मानित

नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

दातालाई स्वेताको सम्मान

सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्