२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

क्रिकेटर कवितालाई सम्मान

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले पूर्वकोषाध्यक्ष प्रमोद वज्राचार्यको स्मृतिमा प्रदान गरिने राष्ट्रिय सेवा सम्मान नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य कविता कुँवरलाई प्रदान गरेको छ।

प्रेस स्वतन्त्रताको सम्मान

प्रत्येक वर्ष ३ मईलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ। यस दिवसका लागि तय भएको नारा हो– ‘लोकतन्त्रका निम्ति सञ्चार भ्रामक: समाचारको समयमा पत्रकारिता र निर्वाचन’। केही वर्षयता पत्रकारितासँगै जोडिएर आउने गरेको शब्द ‘फेक न्युज’ अर्थात् भ्रामक समाचार हो। र, यसलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले सबैभन्दा धेरै दुरुपयोग गरेका छन्। आफूप्रति आलोचक रहेका सञ्चार माध्यमलाई ‘फेक मिडिया’को आरोप लगाउँदै आएका छन्। वास्तवमा अहिले सञ्चार माध्यमले आफूलाई प्रतिरक्षा गर्नुपर्ने गम्भीर अवस्था देखिएको छ। लोकतन्त्रको संरक्षण र सबलीकरणका लागि सञ्चार माध्यम अपरिहार्य छ। तर यसविरुद्ध फैलाइएको कालो बादल नफाट्ने हो भने अन्ततः त्यसले नागरिकको जान्न पाउने अधिकार कुण्ठित गराउँछ।

तीन वडा सम्मानित

चौथो भूकम्प स्मृति दिवसमा निजी आवास पुनर्निर्माणमा अधिकतम प्रगति हासिल गर्ने नुवाकोटका तीनवटा वडा सम्मानित भएका छन्।

नेपाल रिपब्लिक मिडिया ११ औं वर्षमा प्रवेश, पत्रकार सम्मानित

नेपाल रिपब्लिक मिडिया ११ औं वर्ष प्रवेशको अवसरमा आयोजित विशेष कार्यक्रममा पत्रकार तथा कर्मचारी सम्मानित भएका छन्। सम्मानित हुने पत्रकारहरुमा महावीर पौडेल, नगेन्द्र उपाध्याय, विष्णु अर्याल, प्रशान्त लामिछाने, रितेश त्रिपाठी र भीम चापागाईं रहेका छन्। त्यस्तै थिरलाल भुसाल, मदन अर्याल र दिलबहादुर छत्याल एनआरएम स्टार्सले सम्मानित भएका छन्।

लोकगायिका डीक्रा पुरस्कृत

एक दशकपछि गायनमा फर्किएकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ। ठाडीभाकाको संरक्षण र बादी समुदायको शसक्तिकरणमा योगदान पु-याएस्वरुप उनलाई पुरस्कृत गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए।

कुमारी बैंक पुरस्कृत

हालै भारतको मैसुरमा सम्पन्न इन्फोसिस फिनाकल क्लाइन्ट इनोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ। इन्फोसिस फिनाकलबाट सम्मानित हुने पहिलो नेपाली बैंक कुमारी बनेकोे छ।

लोकदोहोरी स्रष्टालाई सम्मान

स्थापनाको दुई दशकपछि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको ठमेलस्थित पोखरा दोहोरी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो समयसम्म योगदान दिएका लोक स्रष्टाहरूलाई सम्मान गरेको छ।

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे।

अपराध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान

अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीलाई सहयोग गर्ने नागरिकलाई सम्मान गर्न सुरु गरेको छ। प्रहरीले हरेक महिना एक जना नागरिकलाई अपराध नियन्त्रण, शान्ति सुरक्षा र अमनचयन कायम गर्न जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने मध्ये एक जनालाई सम्मान गर्न थालेको हो।

स्रष्टालाई बासु शशी सम्मान

वासु शशी स्मृति परिषद्को २५औ रजत जयन्ती अवसर पारेर पाँच स्रष्टालाई ‘बासु शशी साहित्य सम्मान २०७५’ प्रदान गरिएको छ।

आलमलाई अग्रहरी सेवा सम्मान

नेपालका अलराउन्ड मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरी सेवा सम्मानबाट सम्मानित हुने भएका छन्।महबुब सन् २००८ मा आइसिसी विश्व क्रिकट लिग डिभिजन फाइभमा मोजाम्बिकविरुद्धको खेलमा १०विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

स्रष्टालाई कार्टुनिस्टको सम्मान

नेपाली कार्टुन क्षेत्रमा योगदान दिने स्रष्टा र संस्थालाई नेपाल कार्टुनिस्ट क्लबले ‘बराथा स्मृति सम्मान’ र ‘स्वर्ण कुचीकलम’बाट सम्मान गरेको छ।

पलिस्था र राहुल सम्मानित

१६औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल पलिस्था कक्षपति र राहुल श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन्।

राजेशको सम्मानमा गीत र नृत्य

अभिनेता राजेश हमालको सम्मानमा राजधानीमा गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ। साधना कला केन्द्रले हमालको सम्मानमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ नामक कार्यक्रम गरी हमालको योगदानको कदर गर्न लागेको हो।

जग्गा दान गर्ने दाजुभाइलाई सम्मान

सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा एक सामाजिक संस्थालाई जग्गा दान गर्ने दाजुभाइलाई सम्मान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्