९ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्माण भएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ। शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए।

कोरोनाले रोकिएको फिल्म नीरफूलको प्रदर्शन जेठ १९ गतेबाट

कोरोना महामारीको कारण तीनवर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी भ्याली पुगेको फिल्म युनिट खराब मौसमका कारण थप एक साता उतै बसेको थियो ।

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको एउटा परिवारका सदस्यहरुले पुर्नमिलनको लागि गरेको संघर्षमा आधारित फिल्ममा राजदुत दम्पतीले विशेष भूमिकामा अभिनय गरेका हुन् ।

भूकम्पको कथामा 'नीरफूल'

बिनासकारी भूकम्पपछि छिन्नभिन्न बनेको एक परिवारको कथालाई प्रस्तुत गरेर फिल्म 'नीरफूल' निर्माण गरिएको छ। सर्ट फिल्म 'सेलफोन' बनाएका सञ्चारकर्मी तथा निर्देशक फूलमान बलको ठूलो पर्दामा डेब्यु निर्देशन रहेको फिल्मले भूकम्पपछिको सामाजिक अवस्थालाई पनि चित्रण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्