२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘मिस हेरिटेज’मा ११ सुन्दरी

सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का लागि ११ प्रतियोगी छनोट भएका छन्। राजधानीमा हालै सम्पन्न पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन्।

चिनियाँलाई नेपाल आउन निम्तो

बेइजिङस्थित नेपाली दूतावासमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम गत बुधबार सम्पन्न भएको छ। नेपाली दूतावासले नेपाल पर्यटन बोर्ड र नेपालको ट्राभल्स र टुर एजेन्टहरूको संघ नाटासँग सहकार्य गर्दै कार्यक्रम गरेको हो।

छवि र व्यवहार सुधार्न १५ बुँदे परिपत्र

प्रधानसेनापति पूर्णचन्द्र थापाले बजेट दुरूपयोगमा संलग्न सैनिक कर्मचारीमाथि कठोर कारबाही गर्ने चेतावनी दिएका छन्। सरुवा–बढुवा तथा वृत्तिविकास पारदर्शी ढंगले हुने भन्दै प्रधानसेनापति थापाले संगठनभित्र अपारदर्शी बजेट विनियोजनसहित हुने भ्रष्टाचार र आर्थिक अनियमितता पूर्णरूपमा नियन्त्रण गरिने स्पष्ट पारेका छन्।

फोरजी विस्तारको साइट सर्भे सुरु

नेपाल टेलिकमले मुलुकभर चौथो पुस्ताको मोबाइल नेटवर्क (फोरजी) विस्तार परियोजनाअन्तर्गत साइट सर्भेको काम ६५ प्रतिशत सकिएको बताएको छ। साइट सर्भेसँगै नेटवर्क विस्तारको लागि चाहिने उपकरण आयातको काम सुरु भएको नेपाल टेलिकमले जनाएको छ।

नेपालगञ्जमा सोल्टी होटल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगञ्जस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ होटलको उद्घाटन गरेका छन्। एक वर्ष पहिले सञ्चालनमा आएको यो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको महाप्रबन्धक इन्द्र खड्काले बताए। खड्काका अनुसार यसले नेपालगञ्जमा आर्थिक गतिविधि र रोजगारी बढाउन सहयोग पुग्नेछ।

दाहाल सुटुक्क सुकुटेमा (फोटो फिचर)

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहीबार सुकुटे आइपुगेका छन्।

शेयर बजार : दोहोरो अङ्कले बढ्यो

लगातार बढ्दै आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ।

अन्तिम खेल जितेर पनि नेपालको यू १९ विश्वकपकाे ढाेका बन्द

मलेसियामा सम्पन्न यू१९ विश्वकप छनोटको अन्तिम खेलमा नेपालले कुवेतमाथि जित निकालेको छ। यद्यपी यो जीत नेपालको विश्वकप यात्रा जारी राख्नका लागि भने पर्याप्त बनेन।

समृद्धिको बाधक

गरिबीनिवारण प्रत्येक सरकार र प्रत्येक योजनाको प्राथमिकतामा परेपनियसले उल्लेखनीयउपलब्धि हासिल गरेकोदेखिँदैन। सन् २०१४ को बहुआयामिक गरिबी सूचकांक (एमपिआइ) अनुसार नेपालमा २८.६% जनतागरिबीमा बाँचिरहेका छन्। यसअघि सन् २००६ र २०११ मागरिएको बहुआयामिकगरिबीको दर ५९.३९% र ३९.३३% रहेकोलाई हेर्दा यो घटेको देखिन्छ। स्वास्थ्य, शिक्षा र जीवनस्तर सम्बन्धितविभिन्न १० वटा सूचककाआधारमा तय गरिएको बहुआयामिकगरिबीको मापन एमपिआइअनुसार सबैभन्दा धेरै गरिबीको दर प्रदेश नं. ६ मा छ। सो प्रदेशमाआधाभन्दा धेरै अर्थात ५१.२% जनसंख्यागरिब छन्। यसमा पनि २३% चरम गरिबी छ। त्यस्तै प्रदेश नं. २ मा ४७.९% गरिबीको दर छ भने चरम गरिबी २१.७% छ।

भिभिआइपी हेलिकोप्टर खरिदमा साढे १४ करोड अतिरिक्त व्ययभार

नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकोप्टर अगस्टा वेस्टल्याण्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्ययभार थपिएको छ।

राजपा–फोरम एकता चिठीमै सीमित

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजादी फोरम नेपालबीच भएको पाटी एकीकरण प्रयास चिठी आदानप्रदानमै सीमित भएको छ। अहिलेसम्म राजपा र फोरमले दुई–दुईपटक चिठी आदानप्रदान गरेका छन्। चिठी आदानप्रदान गर्नुबाहेक राजपा र फोरमका नेताहरूले औपचारिक वा अनौपचारिक कुराकानी गरेका छैनन्। पछिल्लोपटक राजपाले फोरमलाई चैत २६ मा चिठीको जवाफ पठाएको थियो, त्यसको प्रतिक्रिया फोरमले अहिलेसम्म फर्काएको छैन।

बम डिस्पोज गर्ने क्रममा सेनाका नायक घाइते

सडकमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक घाइते भएका छन्। पोखराको नदीपुर स्थित प्रदेशसभा भवन गेट अगाडि राखिएको शंकास्पद वस्तु डिस्पोज गर्जे नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका हुन्।

विपदमा एक हुन जरुरी : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कुनै क्षेत्रमा आएको दैवी विपत्तिमा कुनै दल र सरकारको मुख ताक्नुभन्दा सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्ने बताएका छन्।

प्रभु बैंकको सहुलियत कर्जा

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार प्रभु बैंकले आफ्ना सबै शाखामार्फत ब्याज अनुदानसहित सहुलियत कर्जा दिने योजना ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्