२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ‘ए’बाट केही दिनभित्रै बिजुली

लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन्। ती आयोजनाले केही दिनभित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ।

'आर्थिक वृद्धिदर सात प्रतिशत माथि'

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने बताएका छन्। बुधबार बिराटनगरमा नेरुडे लघुवित्त वित्तीय संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै गभर्नर नेपालले उक्त धारणा राखेका हुन्।

नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ भू-उपग्रह

नेपालको पहिलो नेपाली स्याट १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ।

शेयर बजारमा सामान्य वृद्धि

मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ।

नेपाली यु–१६ क्रिकेट टोलीको घोषणा

थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।

भूमाफियाको विरोध गर्न पुगेका विवेकशीलका १७ पक्राउ

बालुवाटारको जग्गामा भूमाफियाको नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना पक्राउ परेका छन्।

पार्टी भित्रका जो पनि सभापतिमा लड्न सक्छन्ः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जोसुकैलाई पनि पार्टीको सभापतिमा चुनाव लड्न छुट भएको बताएका छन्।  प्रेस युनियन लम्की टीकापुरले बुधबार लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भइरहेको बताए।

जनता ओली सरकारबाट मुक्ति चाहन्छन् : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारबाट मुक्ति चाहेको बताएका छन्। कांग्रेस कैलाली क्षेत्र नं. १ ले टीकापुरमा निर्माण गरेको विपी स्मृति भवनको मंगलबार उद्घाटन गर्दै देउवाले ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई आजित पारेको आरोप लगाए।

अझै ५९ अर्ब शोधनान्तर घाटा

चालु आर्थिक वर्षको सुरुदेखि नै घाटामा गएको मुलुकको शोधनान्तर स्थिति फागुनसम्ममा आइपुग्दा ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष फागुनसम्ममा यो २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा थियो।

संगठन सुदृढीकरण र सरकारविरुद्ध केन्द्रित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठन सुदृढीकरणका साथै सरकारविरुद्ध तीन चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले वैशाख ११ गतेबाट तीन चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

दुबईमा महँगोमा होटल कोठा लिने सम्झौता

नेपाल वायुसेवा निगमले क्याबिन क्रु (जहाजका कर्मचारी) राख्न बढी मूल्यमा दुबईको होटलसँग सम्झौता गरेको फेला परेको छ।

संशोधित विधान कार्यान्वयन अहिले कि महाधिवेशनपछि ?

तर संस्थापन समूहले भने विधान कार्यान्वयन सुरु गरेको छ। पुरानो विधानअनुसार पार्टीको निर्वाचन समिति तीन सदस्य हुन्थ्यो। तर भर्खरै बनेको नयाँ निर्वाचन समिति पाँच सदस्यीय छ। केन्द्रीय समितिबाट सर्वसम्मत भएपछि नयाँ विधानअनुसार भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको दाबी छ।

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन्।

यु १९ विश्वकप छनोट: नेपालले ओमानलाई दियाे २३० रनकाे लक्ष्य

आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमानलाई २३० रनको चुनौती प्रस्तुत गरेको छ।

पालुङटारमा एनसिसीको शाखा

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। अब बैंकको शाखा संख्या एक सय २३ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्