काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का लागि ११ प्रतियोगी छनोट भएका छन्। राजधानीमा हालै सम्पन्न पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन्।
जेनिथ इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको अडिसनमा दुई दर्जन सुन्दरी सहभागी थिए। प्रतियोगिताको अर्काे चरणको अडिसन आगामी बिहिबार हुँदैछ। दुबै अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम प्रतियोगिताको तयारी कक्षामा सहभागी हुन पाउने छन्। प्रतियोगितामा इप्लानेट नेपालको पनि सहकार्य छ।
अडिसनमा ‘मिस नेपाल एसिया’ फष्ट रनर अप प्रतिक्षा विष्ट, लिड गिटारिष्ट बिजारसिंह थापा, बिमासबाबु श्रेष्ठ, ‘लिटिल मिस हेरिटेज २०१८’ का विजेता प्रशंसा रायमाझी, सारिका प्रजापति, निजान श्रेष्ठ, जेनिशा तामाङ, म्रिनाल श्रेष्ठ, सुवासिनी काफ्ले, जेनिथ इन्टरटेनमेन्टका सिइओ विक्रमसिंह मैनाली तथा कार्यकारी निर्देशक प्रमोद केसीलगायत थिए।
‘मिस हेरिटेज नेपाल’का दुबै शीर्ष विजेताले नगद पुरस्कार, म्युजिक भिडियो तथा अध्ययनका लागि विभिन्न छात्रवृत्तिको साथ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
प्रकाशित: ६ वैशाख २०७६ ०२:५५ शुक्रबार