७ आश्विन २०८१ सोमबार
image/svg+xml

गण्डकी प्रदेशः चारवटा जिल्लासँगको सडक सञ्जाल बिच्छेद

अविरल वर्षापछिको पहिरोले राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लासँगको सडक सम्पर्क टुटेको छ। पहिरोले गर्दा कतिपय जिल्लासँगको पूरै सम्पर्क टुटेको छ भने केहीसँग आंशिक रुपमा मात्र बिच्छेद भएको छ। सडक सञ्जाल बिच्छेद हुँदा स्थलमार्ग हुँदै आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ। त्यस्तै पोखराबाट विभिन्न गन्तव्यमा हुने हवाई उडान पनि पुरै अवरुद्ध भएको छ।

गण्डकी प्रदेश सरकारले भन्योः कोभिड संक्रमण बढ्दैछ, ख्याल गर्नू

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोभिड–१९ को संक्रमण दर पुनः बढ्न थालेको भन्दै स्वास्थ्य मापदण्ड पालना गराउन प्रदेश सरकारले चासो लिएको छ। त्यस्तै बिरामीको उपचारका लागि आवश्यक तयारी गर्न पनि सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ।

गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत

गण्डकी प्रदेशले कुल बजेटको ७० प्रतिशत खर्च गरेको छ। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ७०.४२ प्रतिशत बजेट खर्च गरेको हो।

महावीर पुनलाई गण्डकी रत्न सम्मान, अनुसन्धान केन्द्रका लागि १० करोड विनियोजन

‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन।’

गण्डकी प्रदेश: आफन्तको नामको बजेट मुख्यमन्त्रीले लिने, मन्त्रीले नलिने

जनस्तरमा विरोध भएपछि मातापिताको नाममा विनियोजित बजेट नलिने घोषणा हुन थालेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा नेताहरुको दिवंगत मातापिताको नाममा करोडौं बजेट विनियोजन भएको सञ्चारमाध्यममा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो।

गण्डकी प्रदेशः बजेटमाथिको छलफलमा एमालेको अवरोध

एमालेको अवरोधले गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष एमालेले बजेटमा असन्तुष्टि जनाउँदै अवरोध गर्न खोजेपछि बजेटमाथि छलफल गर्न बसेको बैठक नै अवरुद्ध भएको हो।

विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु

बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु भएको छ। सत्तारूढ दलहरूबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो।

गण्डकी प्रदेशस्तरीय व्याडमिन्टनको उपाधि दिलाशा र क्षितिजलाई

प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि महिला तर्फ कास्कीकी दिलाशा राना र पुरुष तर्फ नवलपुरका क्षितिज खनालले जितेका छन्।

गण्डकी प्रदेश भलिबल संघ गठन, अध्यक्षमा गुरुङ सर्वसम्मत

संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो। प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह्यो।

गण्डकी प्रदेशको आगामी बजेटमाथिको छलफल रोकियो

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट मन्त्रीपरिषद्ले पास गरेको बजेट भन्दा फरक रहेको भन्दै सत्ता गठबन्धनले आपत्ति जनाएपछि बजेटमाथिको छलफल रोकिएको छ।

‘प्रदेशलाई आत्मनिर्भर बनाउन खोजेका हौंः गण्डकी प्रदेशका अर्थमन्त्री

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर बजेट ल्याएको बताएका छन्। गण्डकी प्रदेशका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको भोलिपल्ट पत्रकार सम्मेलन गरेर उनले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर कृषि केन्द्रीत बजेट ल्याएको बताए।

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः मुटुरोग अस्पताल र मिर्गौला प्रत्यारोपणको व्यवस्था प्रदेशमै

गण्डकी प्रदेश सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको छ। प्रदेश सरकारले मंगलबार ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गरिने उल्लेख छ।

गण्डकी प्रदेशः नीति तथा कार्यक्रम स्वास्थ्य केन्द्रित

गण्डकी प्रदेश सरकारले प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्न जोड दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने जनाएका हुन्।

आयोजनाको काम छिटो सम्पन्न गर्नुस्ः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्