५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशको आगामी बजेटमाथिको छलफल रोकियो

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट मन्त्रीपरिषद्ले पास गरेको बजेट भन्दा फरक रहेको भन्दै सत्ता गठबन्धनले आपत्ति जनाएपछि बजेटमाथिको छलफल रोकिएको छ।

गण्डकी प्रदेश सरकारका अन्य मन्त्रीहरुले प्रदेश संसदमा प्रस्तुत बजेटमा प्रदेश सरकारले पास गरेको बजेटलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नसमेटेको भन्दै असार ५ गतेका लागि बस्ने भनेको संसद बैठक बस्न नसकेको हो।

मन्त्रीपरिषद्ले पास गरेको बजेट अर्थमन्त्रीले कटौती गरेको भन्दै सत्तागठबन्धनमा तिक्ताता सुरु भएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री बरालले संसदीय पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको संसदीय पत्रकारिता तालिम कार्यक्रममा बोल्दै आफूले मन्त्री परिषद् र नीति तथा कार्यक्रममा आएका योजनालाई समेटेर नै बजेट ल्याएको दाबी गरे।

उनले आगामी आव २०७९/०८० को लागि प्रस्तुत नीति तथा कार्यक्रममा समेत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएकाले बजेटमा नराखिएको बताए। संसदमा बजेट प्रस्तुतपछि अन्य मन्त्रीहरुले मुख्य मन्त्रीको निर्देशन समेत पालना नगरेको आरोपप्रति खण्डन गर्दै आफूले कानूनानुसार नै बजेट ल्याएको बताए।

मन्त्री बरालले बजेटमा अंक र योजनाहरु संसदमा पेस नभएसम्म गोप्य रहने भएकाले बजेट प्रस्तुतपछि सबै बाहिर ल्याएको बताए। उनले बजेटमा अंक तलमाथि भएपनि बजेटमा नीति तथा कार्यक्रममा परेका सबै विषयहरु आएको बताए। बाहिर आएका हल्लाहरु सबै भ्रमपूर्ण रहेको मन्त्री बरालको भनाइ छ।

यस्तै उनले प्रदेश सरकारका कुनै मन्त्रीहरुलाई मुख्यमन्त्रीदेखि सबै मन्त्रालय आफैँ चलाउने र बजेट आफू नभए नबन्ने सोचेपनि त्यस्तो नहुने बताए। उनले अन्य मन्त्रालयलाई आँखा लगाउनु गलत भएको भन्दै मन्त्रीहरुले आफ्नो मन्त्रालय ठिक रुपमा चलाउनु मुख्य काम भएको बताए।

गठबन्धनमा प्रमुख दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम समेट्नुपर्नेमा अर्थमन्त्रीले ‘बदमासी’ गरेको निष्कर्ष नै निकालेका छन्। गण्डकी प्रदेश सरकारले गत असार १ मा प्रस्तुत ३६ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ।  

प्रकाशित: ६ असार २०७९ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App