८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सकियो राष्ट्रियसभाको चालू अधिवेशन, राष्ट्रपतिद्वारा भोलिको बैठक पनि अन्त्य

राष्ट्रियसभाको चालू आठौं अधिवेशन यही असार १७ गते आह्वान भएको थियो।

राष्ट्रपति महिला उत्थान कार्यक्रम: गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार

खोटाङमा समय अगावै सुत्केरी व्याथा लागेकी महिलालाई हेलीकप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ।

डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।

‘प्रधानमन्त्री नियुक्तिमा आधारको मूल्याङ्कन गर्ने अधिकार राष्ट्रपतिलाई छ’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै उनले प्रतिनिधिसभा विघटन राष्ट्रपतिको विशुद्ध अधिकार भएको जनाए।

‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’

सर्वोच्च अदालतमा बहस गरिरहेका कानुन व्यवसायीले वैकल्पिक सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै राष्ट्रिपतिको बदनियतका कारण प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएको बताएका छन्।

संवैधानिक आयोगहरूमा नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्।

बर्खे अधिवेशन आह्वान

राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन्।

प्रधानमन्त्रीको सिफारिसमा न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ।

राष्ट्रपतिद्वारा विभिन्न संवैधानिक निकायमा नियुक्त, को-को भए ?(नामावलीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक परिषद्मा नियुक्त गरेका छन्।

राष्ट्रपतिको खोप कूटनीति तत्काल आउने सम्भावना न्यून

राष्ट्रपति भण्डारीले खोप उत्पादक मुलुकहरूलाई सम्बोधन गर्दै खोप उपलब्ध गराउन आग्रह गरेको लामो समय बितिसक्दा पनि सम्बन्धित मुलुकहरूले भने तत्कालै खोप उपलब्ध गराउने कुनै संकेत गरेका छैनन्।

राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन्।

योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।

विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताएकी छन्।

‘राष्ट्रपतिलाई अधिकार छैन’

यस मुद्दामा सर्वोच्च अदालतले सभामुखसँग लिखित जबाफ मागेको थियो। उनले राष्ट्रपतिको निर्णयसमेतका काम गैरसंवैधानिक रहेको जिकिर गरेका छन्। प्रतिनिधिसभाका १४९ जना सदस्यको समर्थनसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबी प्रस्तुत भैसकेकाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने ठाउँ राष्ट्रपतिको कार्यालय नभई प्रतिनिधिसभा मात्र भएको दाबी सभामुख सापकोटाको छ।

जो बाइडेन र भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डमा पहिलो प्रत्यक्ष भेटवार्ता

दुबै नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार भएका हुन्। यो वार्ता चार देखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ। तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले सुरु गर्नेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्