१० आश्विन २०८१ बिहीबार
image/svg+xml

ग्रीसमा पहिलो महिला राष्ट्रपति

वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश ग्रीसको पहिलो महिला राष्ट्रपति बनेकी छन्। राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी थिइन्। ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ।

फेसबुकले चिनियाँ राष्ट्रपतिसँग माफी माग्यो

फेसबुकले चिनियाँ राष्ट्रपति सी जिङपिङको नाम गलत अनुवाद गरेकोप्रति माफी मागेको छ। दुई दिने म्यान्मार भ्रमणमा रहेका राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा गलत भएको थियो।

रुसी राष्ट्रपति पुटिनको प्रस्ताव : संविधान संशोधन गरौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको संविधान संशोधन गर्दै संसद्को शक्ति बढाउने प्रस्ताव अघि सारेका छन्।

समयमै नियुक्ति नहुँदा कार्यक्रम प्रभावित

डेढ वर्षदेखि वन मन्त्रालय मातहतका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा वन निगम र राष्ट्रिय ताल संरक्षण विकास समितिमा कार्यकारी पद खाली छ। यसैगरी राष्ट्रपति चुरे तराई मधेस संरक्षक विकास समितिमा पनि एक पद खाली छ।

यसरी अघि बढ्दैछ ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ। आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ। बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ।

भारतमा राष्ट्रपति पदकबाट सम्मानित डिएसपी आतंकवादीसँगै पक्राउ

भारतमा राष्ट्रपति पदकबाट सम्मानित एक जम्मू कश्मीरका प्रहरी अधिकारी आतंकवादीसँग पक्राउ परेका छन्। संवेदनशील मानिएको श्रीनगर अन्तराष्ट्रिय विमानस्थलमा तैनाथ डिएसपी देविन्दर सिंह शनिबार दुई आतंकवादीसँगै पक्राउ परेका हुन्।

फागुनमा राष्ट्रपति भन्डारी मौलापुर आउने

आगामी फागुनमा रौतहटको मौलापुरमा विभिन्न कार्यक्रममा राष्ट्रपति विद्यादेवी भन्डारी सहभागी हुने भएपछि तयारी सुरु गरिएको छ। मौलापुरको पतौरामा रहेको कर्णाटकालीन भूतनाथ महादेव मन्दिरको शिलान्यास, एकीकृत नमूना दलित बस्ती मौलापुर र पिकनिक स्थल मौलापुरको उदघाटन राष्ट्रपति भन्डारीबाट हुने तय भएपछि तयारीको थालनी गरिएको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले जानकारी गराएकी छन्।

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ।

राष्ट्रपतिको राजकाज

राष्ट्रपतिलाई ‘समाजवादको मोडल’ वा ‘अर्थतन्त्र’बारे जिज्ञासा भयो भने त्यसबारे प्रधानमन्त्रीसँग जवाफ खोज्ने हो। आफैं सक्रिय भएर रायसुझाव लिने वा दिने गर्नु उचित होइन।

गैडहवा शैक्षिक महोत्सव सुरु

गैडहवा गाउँपालिकामा दोश्रो गैडहवा शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज़ मुशर्रफ़लाई मृत्युदण्डको फैसला सुनाइएको छ।

सुडानका पूर्व राष्ट्रपति बसिरलाई दुई वर्ष नजरबन्द राख्न अदालतको आदेश

सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ। उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो।

राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् -यालीको नेतृत्व गरेका छन्।

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्।

ब्लुमबर्गद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने औपचारिक घोषणा

अमेरिकी राष्ट्रपतिका का लागि उम्मेदवारी दिने क्रममा अर्बपति माइकल ब्लुमबर्गले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्