७ आश्विन २०८१ सोमबार
image/svg+xml

गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर

आफ्नो निर्वाचन क्षेत्रको सम्पूर्ण परिवारको भान्छालाई धुवामुक्त बनाउने अभियानको क्रममा रौतहट क्षेत्र नम्बर ३ का साँसद प्रभु साहले गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेका छन्।

पोखरामा सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा बुधबार दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन्।

चुडामणि शर्माको घरमा सिलिन्डर विस्फोट गराउने प्रयास

भ्रष्ट्राचारको आरोपमा केही समय अगाडि अख्तियारको अनुसन्धान घेरामा परेका चुडामणी शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा २ वटा ग्यास सिलिन्डर फेला परेका छन्।

नुवाकोटमा सिलिन्डर बम विष्फोट

नुवाकोटको लिखु गाउँ पालिका-१ खानीगाउँ ढिककुरेमा बम विष्फोट भएको छ। इलाका प्रहरी कार्यालय ढिकुरे नजिकै अज्ञात समूहले ग्याँस सिलिण्डर बम विष्फोट गराएको हो।

हेटौँडामा सिलिन्डर बम विस्फोट

हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।

ग्यास सिलिन्डर विस्फोट भएर एक जनाको मृत्यु, पाँच घाइते

ग्यास सिलिन्डरबाट भरेको बेलुन पड्किएर शुक्रबार सुनसरी सिमरियामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर भएको घटनामा परी घाइते भएकामध्ये मोरङ कटहरी घर भएका सोमराज माझीको मृत्यु भएको हो।

ग्यास सिलिन्डरबाट पड्किदा सात जना घाइते, तीनको अवस्था गम्भीर

बेलुन भर्ने क्रममा ग्यास सिलिन्डर पड्किएर आज सुनसरी सिमरियामा सात जना घाइते भएका छन्। साढे ११ बजेतिर भएको घटनामा परी घाइतेमध्ये तीन जना सिकिस्त छन्।

नेपाल ग्यासले जोखिमपूर्ण सिलिन्डर नष्ट गर्‍यो

नेपाल ग्यासले जोखिमपूर्ण अवस्थामा रहेका ग्यास सिलिन्डरलाई नष्ट गरेको छ । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर दुई दशकबढि पूराना, हाइड्रोलिक टेस्ट गर्दा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका साढे छ सयबढि सिलिन्डर मंगलबार नष्ट गरेको कम्पनीले जनाएको छ ।

टेबहालमा ग्यास सिलिन्डर पड्किँदा दुई घाइते

ग्यास सिलिन्डर पड्किँदा स्थानीय टेबहाल बस्ने बाबुराजा महर्जन र उनकी श्रीमती शोभा घाइते भएका छन्।

हेटाैंडामा ग्यास सिलिन्डर विस्फोट, ७० जना घाइते

बुधबार दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयमा रहेका कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् ।

कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी

काठमाडौं-उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरको विकल्पमा नेपाल आयल निगमले कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ। फमाले सिलिन्डर पटकपटक पड्किएर उपभोक्ताको ज्यान गएपछि विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउन लागेको निगमले जनाएको छ।

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।

ग्यास सिलिन्डर पड्किएर घर जल्यो

ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका–८ मा मङ्गलबार आगलागी हुँदा रु २४ लाखभन्दा बढीको क्षति भएको छ भने एक बालिका घाइते भएकी छिन्।

ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक बालिका घाइते

लहान-८ मा मंगलबार ग्याँस सिलिन्डर पड्किएर एक घरमा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन् । आगलागी बाट २४ लाख ९५ हजार बराबरको क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्