६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री स्कटल्यान्ड जाने

मन्त्रिपरिषद् बैठकले देउवाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म कोप २६ समिट आयोजना हुने सम्मलेनमा सहभागी हुने निर्णय गरेको हो।

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

गृहमन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

प्रधानमन्त्रीद्वारा मोहम्मद दिवसको शुभकामना

प्रधानमन्त्री देउवाले मोहम्मद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाएका थिए।

बडादसैँले नेपालीको मुहारमा खुसी ल्याउन सकोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरे।

फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाईसहित प्रोत्साहन

बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन्। उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन्।

सडक दुर्घटनाको समाचारले प्रधानमन्त्री स्तब्ध, राहत र घाइतेहरुको उद्वार सरकारले गर्ने

उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताए।

अपरिपक्व निर्णयको अलमल

यस पटकको नियुक्ति प्रकरणले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई विवादमा ल्याएको छ। यो कुनै अर्थमा उचित होइन। उनी विवादमा आउनु भनेको स्वतन्त्र न्यायालयको छविमै आँच आउनु हो। यो विषय यत्तिकै उठेको होइन। हावा नचली पात हल्लिँदैन। अतः यस विषयमा छानबिन हुनुपर्छ।

‘प्रजातन्त्रविरुद्ध जाने सपना कसैले नदेखे हुन्छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि प्रजातन्त्रविरुद्ध जाने सपना नदेख्न चेतावनी दिएका छन्। गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न आइतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरू केही हुन सक्दैन। कोही कसैले सपना नदेखे हुन्छ प्रजातन्त्रको खिलाफमा जाने। प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, यो कुरा स्पष्ट होस्।’

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग!

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्।

मन्त्रिपरिषद्मा समेट्न नसकेका योग्य साथीलाई उचित जिम्मेवारी दिइनेछः प्रधानमन्त्री देउवा

शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताए। क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गरे।

विकासको जिम्मा महिला मन्त्रीको काँधमा

मन्त्रिमण्डलमा महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ ।

८८औं दिनमा पायो मन्त्रिपरिषद्ले पूर्णता

देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै आफू नसुध्रिएको स्पष्ट संकेत दिएका छन्। व्यापारिक पृष्ठभूमिबाट सांसद बनेका उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा नै आलोचना खेपेका देउवाले अहिले मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद गजेन्द्र हमाललाई मन्त्रीका रुपमा सरकारमा भित्र्याएका छन्।

सत्ता संकट

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भनेजस्तै सम्पूर्ण विवाद कुर्सीका निम्तिमात्र रहेछ भन्ने प्रमाणित गर्न अहिलेका सत्ता सञ्चालकहरू दिलोज्यान दिएर लागेका देखिन्छ। धेरैलाई त्यो बेला ओलीले असत्य बोलिरहेका हुन् कि भन्ने लागेको थियो। आज आएर उनी सत्य सावित हुँदैछन्।

प्रहरीको मनोबल उच्च राख्न प्रधानमन्त्री देउवाको आग्रह

उनले प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकासमार्फत् प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न आग्रह गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्