२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

फरार अपराधी २० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन्।

लागुऔषध कारोवार मुद्दामा फरार एभरेष्ट होटलका मालिक लारी पक्राउ

लागुऔषध तस्करीको मुद्दामा फरार एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ परेका छन्। लारी बिहीबार विहान महाराजगञ्जबाट पक्राउ परेको महानगरीय प्रहरी आयुक्त कार्यालयका एआइजी जयबहादुर चन्दले पुष्टि गरे।

श्रीमतीको हत्या गरी फरार राजवंशी ४ महिनापछि पक्राउ

श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन्।

माननीय बने ‘फरार’ रेशम चौधरी

प्रहरीको ‘फरार’ सूचीमा रहेका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गर्दा ठूला दलले उनको उम्मेदवारीलाई हल्का रुपमा लिएर दाबी बिरोध गर्न पनि उचित ठानेनन् । चौधरीले राष्ट्रिय जनता पार्टीबाट वारेसमार्फत उम्मेदवारी दर्ता गरेका थिए । दाबी विरोध दर्ता नभएकाले उनको उम्मेदवारी कानुनी कि गैरकानुनी भनेर बहस नै चलेन ।

सामूहिक बलात्कारका आरोपीहरु फरार

नवनिर्वाचित वडा अध्यक्षका छोरासहितकाको संलग्नतामा पर्साको सखुवा पर्सौनी गाउँपालिकामा १६ वर्षे किशोरीसँग सामूहिक बलात्कर भएको घट्नामा पर्सा प्रहरीले दुर्इ जनामाथि मुद्दा दायर गरी अनुसनधान बढाएको छ । गत १२ गते भएको घटनाका संलग्न पक्षका अाफन्तले पैसा दिएर मामिला मिलाउन लागिपरेकाे कुरा बाहिरिएको थियो ।

फरार उम्मेदवार

निर्वाचन मिति नजिकिँदै जाँदा यसमा रहेका विकृति पनि सतहमा आइरहेका छन् । कतिपय विवादास्पद छविका व्यक्तिको उम्मेदवारीले यसको पवित्रतामा प्रश्न उठाउन समेत थालेको छ । दुई वर्षअघि टीकापुर एक बालकसहित आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्तको उम्मेदवारी वारेसमार्फत् दर्ता हुनु दण्डहिनतालाई प्रोत्साहन हो । कुनै व्यक्ति विरुद्धको मुद्दामा सरकारले मुद्दा फिर्ता नलिई उम्मेदवारी दर्ता हुनु आफैंमा चिन्ताजनक अवस्था हो । गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिले उम्मेदवारी दिन पाउने अवस्था रहेको खण्डमा भोलि बन्ने प्रतिनिधिसभा र प्रदेशसभाले जनअपेक्षा पूरा गर्न सक्दैनन् ।

नाइके फरार निर्दाेष हिरासतमा

लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भदौ १९ गते क्षेत्रपाटीमा फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा खुलेको हो।

फरार हत्या आरोपी पक्राउ

हत्या आरोपमा फरार रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २० वर्ष कैद भएका सन्तोष चौधरीलाई प्रहरी पक्राउ गरेको हो ।

हत्या र डकैती अभियोगमा फरार मोस्ट वान्टेड पूर्व सैनिक १० वर्षपछि पक्राउ

तीन जनाको हत्या, दर्जनौ डकैती र उपत्यकामा बम पड्काएको अभियोगमा १० वर्षदेखि फरार रहेका सशस्त्र भूमिगत समूहका सदस्य प्रकाश सिंह ठकुन्ना पक्राउ परेका छन् ।

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहेको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गरेका हुन् । उनले बिहीबार थाई विदेश मन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गरेका थिए ।  ‘हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारी अनुसार थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेकी छन्,’ थाई प्रधानमन्त्री प्रयुत चान ओचाले भने ।

फरार अभियुक्त ३७ वर्षपछि पक्राउ

३७ वर्षअघि ज्यान मार्ने उद्योगको दोषी प्रमाणित गर्दै जेल सजाय पाएपछि फरार भएका एक व्यक्ति अहिले पक्राउ परेका छन् ।

११ वर्षदेखि फरार अभियुक्त पक्राउ

नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ।

शिक्षक नियुक्तिको मुल्यांकन फाराम लिएर व्यवस्थापन समिति अध्यक्ष फरार

शिक्षक नियुक्तिका लागि अन्तरवार्ता भइरहेका बेला यहाँको एक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुल्यांकन फारम लिएर फरार भएका छन्।

किष्ट बैंक ठगीमा फरार पक्राउ

तत्कालीन किष्ट बैंक ठगीमा दोषी ठहर भई फरार रहेकी देवकी वस्ताकोटी पक्राउ परेकी छिन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनलाई टंकीसिनवरी बाँसबारी, मोरङबाट पक्राउ गरेको हो।

सवारी ज्यान मुद्दाका फरार पक्राउ

सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट विहीबार प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्