२७ आश्विन २०८१ आइतबार
image/svg+xml

फुटबल मैदानमा बरमुढा घाँस बिछ्याउन सुरु

चार दिन वीरगञ्ज भन्सारमा अड्किएको पोखरा रंगशाला फुटबल मैदानको दूबो (चपरी) बिहीबार पोखरा आइपुगेको छ। कोलकाताबाट १८ तारिखमा हिँडेको बरमुढाको दूबोसहितको चपरी बिहीबार दिउँसो पोखरा आइपुगेको हो।

बंगलादेश र भारत फाइनलमा

नेपालमा जारी साफ यु–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन्। हलचोक स्थित एपिएफ क्लबको मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई र भारतले माल्दिभ्सलाई समान ४–० ले नै पराजित गर्दै आइतबार हुने फाइनलमा स्थान पक्का गरेका हुन्।

भूटानसंग नेपाल ३ गोलले पराजित, सेमिफाइनल यात्रा कठिन

साफ– यू–१८ फुटबल च्याम्पियनसिपमा नेपाल अर्को चराणमा पुग्ने सम्भावना कठिन भएको छ। कमजोर मानिएको भूटानसंग ३ गोलले पराजित भएपछि नेपालको सेमिफाइनलको यात्रा गणीतिय आकारमा मात्र सम्भव भएको हो।

साफ यू–१८ च्याम्पियनसिप–  नेपाल भूटानसंग एक शुन्यले पछि

नेपालले  ४१ औं मिनेटमा गोल खाएको हो। नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै भूटानका यशी दोर्जीले गोल गरेका हुन्।

भेट्रान कप फुटबल सुरु

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिबारबाट यहाँ सुरु भएको छ। चितवन भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा शनिबार चारवटा प्रतिस्पर्धा भएका छन्।

ला लिगामा बार्सिलोना पराजित, मेसी चलेनन्

ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत शनिबार रातीको खेलमा बार्सिलोना पराजित भएको छ। स्टार खेलाडी लियोनल मेसी र आन्सु फातीसहितको बार्सिलोना ग्रानाडासँग २–० गोलले स्तब्ध भएको हो। उक्त खेलमा मेसी चल्न सकेनन्।

श्रीगणेशलाई बिबिबिएचएस फुटबल उपाधि

श्रीगणेश स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा पञ्चकन्या स्कुललाई १–० गोलअन्तरले हराउँदै श्रीगणेश च्याम्पियन बन्यो। उपाधि विजेता टोलीका लागि निर्णायक गोल सुजन तामाङले गरेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआइएलाई टाइब्रेकरमा ५–४ गोलले हरायो।

योगिनी कपलाई नेपाल आइसको साथ

सिजी ब्रुअरी (नेपाल) प्रालिको नेपाल आइस बियरले योगिनी कप फुटबल प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ। बिहीबार आयोजक र सिजी बु्रअरी(नेपाल) प्रालिका म्यानेजर उमेश निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे। योगिनी कप फुटबल बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो।

नेपालको लक्ष्य फेरि अधुरै

नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गिस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा बिहीबार उज्बेकिस्तानसँग ३–२ ले पराजित हुँदा ठूला प्रतियोगितामा उपाधि चुम्ने लक्ष्य आठौं पटक पनि अधुरै बनेको छ।

छानबिनप्रति शाहीको आपत्ति

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले अखिल नेपाल फुटबल(एन्फा) मा भएको आर्थिक अनियमितता तथा चुनावको समयमा भएका अनियमितताका विषयमा युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित छानबिन समितिको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

नेपाल यु–१८ फुटबल टोलीको प्रशिक्षण पोखरामा

‘हाम्रो एट्याकिङदेखि डिफेन्स लाइन निकै बलियो छ। सेमिफाइनलको यात्रा हामी सहजै पूरा गर्छौं अलिकति चुनौती भनेको सेमिफाइनलमा हुनेछ।’

नादेज्दा कप महिला फुटबलः नेपालकाे पाेष्टमा उज्वेकिस्तानकाे २ गाेल

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित

नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ। काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो।

किर्गिस्तानमाथि नेपालको फराकिलो जित, सावित्राको ह्याट्रिक

आयोजक किर्गिस्तानलाई ८–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्