काठमाडौं– साफ– यू–१८ फुटबल च्याम्पियनसिपमा नेपाल अर्को चराणमा पुग्ने सम्भावना कठिन भएको छ। कमजोर मानिएको भूटानसंग ३ गोलले पराजित भएपछि नेपालको सेमिफाइनलको यात्रा गणीतिय आकारमा मात्र सम्भव भएको हो।
नेपाल अर्को चरणमा पुग्न भूटान र माल्दिभ्सको खेल कुर्नुपर्ने देखिन्छ। यदि भूटानले माल्दिभ्सलाई चार गोल अन्तरले पराजित गरेको खण्डमा नेपालले अर्को चरण पार गर्न सक्नेछ।
नेपालले पहिलो हाफमा एक गोल खाएको थियो। बाँकी दुई गोल दोस्रो हाफमा खाएको थियो। माल्दिभ्ससंग खुलेर खेलेको नेपाली टिम आज भूटानसंग चल्न सकेन।
प्रकाशित: ५ आश्विन २०७६ ११:११ आइतबार