२७ आश्विन २०८१ आइतबार
image/svg+xml

साफ यु–१८ का लागि दोस्रो चरणको छनोट

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि २५ खेलाडीको नाम सार्वजनिक भएको छ। नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले शुक्रबार प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट २५ खेलाडी छनोट गरेका हुन्। अन्तिम २३ खेलाडीको नाम भने एक साता पछि मात्र सार्वजनिक गर्ने प्रशिक्षक श्रेष्ठले बताए।

मंसिर अन्तिम सातादेखि ‘ए’ डिभिजन लिग

नेपाली फुटबलको मेरुदण्डको रूपमा हेरिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर अन्तिम साताबाट हुने भएको छ।

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ (अठार वर्षमुनी) च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरिएको छ।

किशोरीहरूको टोली घोषणा

असोज २२ देखि २८ गतेसम्म भुटानमा आयोजना हुने महिला साफ यु–१५ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार २३ सदस्सीय नेपाली किशोरी टोलीको नाम सार्वजनिक गरेको हो । मुख्य प्रशिक्षक राकेश श्रेष्ठले प्रारम्भिक चरणमा रहेका ४२ खेलाडीबाट २३ सदस्यीय अन्तिम टोलीको छनोट गरेका हुन् ।

रंगभेदी दुर्व्यवहारमा गम्भीर बन्न आग्रह

व्यावसायिक फुटबल खेलाडी (पिएफए) संघले खेलाडीमाथि पछिल्लो समय इङ्लिस प्रिमियर लिगमा भैरहेको रंगभेदी दुव्र्यवहार रोक्न समाजिक संजाल कम्पनीहरूले गम्भिर हुनपर्ने बताएको छ।

उपाधि लक्ष्यका साथ महिला टोली किर्गिस्तानतर्फ

नेपाललाई उपाधि दिलाउने लक्ष्य राखेर नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नेपाली महिला टोलीलाई अभ्यास गराइररहेका छन्। मुख्यत नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर राख्दै तयारी गरिरहेको छ।

भर्जिललाई युइएफएकाे दुई अवार्ड

लिभरपुलका डच स्टार भर्जिल भान डायक ‘युइएफए प्लेयर अफ दी इयर’ घोषित भएका छन्। युरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको समूहचरण सार्वजनिक समारोहमा युइएफएले बिहीबार नेदरल्यान्ड्सका रक्षक डायकलाई युइएफए प्लेयर अफ दी इयरको उपाधि प्रदान गरेको हो।

‘नेपालले उत्कृष्ट खेल्नेमा आशावादी छौं’

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आगामी विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन्।

भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

भुटानलाई ६–० ले हराउँदै नेपाल भारतमा जारी साफ यु–१५ पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार भारतको कल्याणी रंगशालामा भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा भुटानमाथि ६–० को रबाफिलो जित हात पार्दा फाइनल यात्रा निश्चित भएको हो। भुटानमाथिको यो जितसँगै नेपालले भारतमा जारी साफ यु–१५ मा लगातार तेस्रो जित निकाल्न सफल भएको छ।

फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा कुवेत र चाइनिज ताइपेईविरुद्ध हुने सुरुआती २ अवे खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ।

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने

भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन्।

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ।

नेपालकाे फराकिलाे जित

बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले भारतमा जारी पाचौं संस्करणको साफ यु–१५ पुरुष फुटबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्न सफल भएको छ।

‘रंगभेदी दुर्व्यवहारको बेवास्ता गरौं’

इङ्ल्यान्ड महिला फुटबल टोलीका मुख्य प्रशिक्षक फिल नेभिलले सामाजिक सञ्जालमा खेलाडीविरुद्ध भइरहेको रंगभेदी दुव्र्यवहारलाई बेवास्ता गर्नुपर्ने बताएका छन्।

अलबालाई क्लबको भविष्यबारे चिन्ता

अस्ट्रियन फुटबलर तथा बायर्न म्युनिखका रक्षक डेविड अलबाले आफ्नो भविष्य र क्लबको भविष्यबारे चिन्ता व्यक्त गरेका छन्। अलबाले बलियो र पुरानो साख जोगाउनका लागि आगामी सिजनका लागि नयाँ खेलाडी अनुबन्ध गर्नुपर्ने धारणा क्लबलाई दिएका हुन्। अलबाले सेप्टेम्बर २ तारिखमा बन्द हुन लागेको खेलाडी सरुवा बजार अघि क्लबले एक वा दुई खेलाडी अनुबन्ध गर्नुपर्ने बताएका हुन्। शनिबारबाट हुने बुन्डेसलिगाअन्तर्गत बायर्नले हार्था बर्लिनसँग खेल्दै लिगको सुरुआत गर्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्