२७ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालको पहिलो चुनौती भारत

भुटानमा आयोजना हुने महिला साफ यु– १५ फुटबल च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ। साफले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेल भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालसहित आयोजक भुटान, बंगलादेश र भारत रहेको प्रतियोगिताका खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ मैदानमा हुनेछन्।

कुवेतकै मैदानमा नेपालको पहिलो खेल

सन् २०२२ कतारमा आयोजना हुने विश्वकप फुटबल छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै छनोट यात्रा सुरु गर्ने भएको छ।

साफ यु १८ः उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने

दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यु १८ प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्।

एन्फा र गोनपाबीच प्रशिक्षण केन्द्र निर्माणको सम्झौता

गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा सदरमुकाममा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो।

फुटबल प्रशिक्षण मैदानको स्तरोन्नति

‘एक करोडसम्मलाई टेन्डर आह्वान गर्नुपर्छ। टेन्डर गर्दा ढिला हुन्छ। त्यसैले दुई किस्तामा रकम उपलब्ध गराएर ग्राउन्डसहित चेन्जिङ रुम बनाउँछौं। ’

सागको महिला क्रिकेट पोखरामा

पोखरामा साग महिला क्रिकेट प्रतियोगिता गर्ने प्रारम्भिक तयारी गरिएको छ। कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको निरीक्षणपछि राष्ट्रिय खेलुकद परिषद्(राखेप)ले महिला क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा आयोजना गर्ने सम्भावना बढेको हो। पोखरामा आयोजना गर्ने सम्भावना बढेपछि आवश्यक पुर्वाधारसमेत मैदान मर्मत सम्भारको गृहकार्य सुरु गरिएको छ।

पुरुष फुटबल टोलीले पनि थाल्यो सागलक्षित प्रशिक्षण

आगामी मंसिरमा तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्र्तगत पुरुष र महिला फुटबल टोलीले तयारी थालेका छन्। यु–२३ का खेलाडीलाई समावेश गर्दै टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अखिल नेपाल फुटबल संघ (एन्फा)को कृत्रिम मैदानमा नेपाली युवा टोलीको तयारी सुरु गरेका हुन्। सातदोबाटोमा तयारी सुरु गरेको नेपाली टोलीमा पहिलो दिन २५ खेलाडीहरूले सहभागिता जनाएका थिए।

बाँझो खेतबाट माथि उठ्ने युवाको सपना

अफ्रिकी महादेशमा सुडानलाई फुटबलमा अगुवाको रूपमा हेरिने गरे पनि सुडान अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन।

नेइमारलाई लगाइएकाे बलात्कार मुद्दा स्थगित

ब्रजिलका चर्चित फुटबल खेलाडी नेरइमारमाथि लागेको बलात्कार अभियोगको अनुसन्धान गरिरहेका प्रहरीहरूले उक्त मुद्दा बन्द भएको बताएका छन्।

‘शुक्रबार र सोमबार ला लिगाका खेल हुँदैनन्’

दी रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले ला लिगाका खेल अनुमतिबिना शुक्रबार र सोमबार खेलाउन नमिल्ने बताएको छ। नयाँ सिजन २०१९÷२० का लागि ला लिगाले पहिलो तीन चरणको खेलतालिका सार्वजनिक गरिसकेको छ। उद्घाटन खेलमा च्याम्पियन बार्सिलोना र एट्लेटिको बिलवाओबीच खेल हुँदा ला लिगामा नयाँ सिजनको औपचारिक सुरुआत हुनेछ। ला लिगा अगस्ट १६ शुक्रबारबाट आयोजना हुँदै छ। तर आरएफइएफले सार्वजनिक तालिकालाई परिमार्जित गरेको छ।

नेपाली टोली मलेसियातर्फ

युथ फुटबल एन्ड लिडरसिप क्याम्पमा सहभागी हुने २० सदस्यीय नेपाली टोली मलेसियाततर्फ प्रस्थान गरेको छ। एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना सम्पन्न दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टोलीका खेलाडीलाई मलेसिया लगिएको हो।

नेपाल एक स्थान तल

फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जुलाई महिनाका लागि सार्वजनिक गरेको नयाँ वरीयताक्रममा नेपाल एक स्थान तल झरेको छ। यसअघि जुन महिनाका लागि सार्वजनिक गरेको वरीयतामा नेपाल १ सय ६५औं स्थानमा थियो। नयाँ वरीयताअनुसार नेपाल १ सय ६६औं स्थानमा पुगेको हो। एसिया क्षेत्रको वरीयतामा भने नेपाल ३५औं स्थानमा छ। समग्रमा २३औं स्थानमा रहेको इरान एसिया क्षेत्रको शीर्ष स्थानमा छ। त्यस्तै ३३औं स्थानको जापान एसिया क्षेत्रको दोस्रो स्थानमा अटाउँदा गणतन्त्र कोरिया ३७औं स्थानका साथ तेस्रो, ४६औं स्थानको अस्ट्रेलिया चौथो र ६२औं स्थानको २०२२ विश्वकप आयोजक राष्ट्र कतार पाँचौं स्थानमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्