२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाली टोली मलेसियातर्फ

काठमाडौं – युथ फुटबल एन्ड लिडरसिप क्याम्पमा सहभागी हुने २० सदस्यीय नेपाली टोली मलेसियातर्पm प्रस्थान गरेको छ। एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना सम्पन्न दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टोलीका खेलाडीलाई मलेसिया लगिएको हो।

मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताको टोलीमा छात्र र छात्रतर्पm ९–९ खेलाडी रहेको सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले जानकारी दिइन्। सोमबारदेखि पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलका आधारभूत कुराहरू सिकाइने टोलीकी सदस्य प्रियंका बस्नेतले जानकारी दिइन्। त्यससँगै समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, व्यक्तित्व विकासलगायत कार्यशालाहरू पनि सहभागी गराइनेछ।

उक्त टोलीले मलेसियाको यु–१७ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ। सेल्टर आश्रय अनाथ तथा आश्रयविहीन बालबालिकाको पढाइ र बसोबासको क्षेत्रमा काम गर्दै आएको छ। बालबालिकालाई सहभागी गराएर सेल्टरले दुई पटक राष्ट्रिय फुटबल लिग सफलतापूर्वक आयोजना गरिसकेको छ। अघिल्लो संस्करणका उत्कृष्ट खेलाडीहरूले रसियाको मस्कोमा आयोजना भएको स्ट्रिट चाइल्ड वल्र्डकपमा सहभागिता जनाउने मौका पाएका थिए।

 

प्रकाशित: १३ श्रावण २०७६ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App