२७ आश्विन २०८१ आइतबार
image/svg+xml

‘फुटबल टोली लिन माल्दिभ्स नै पुग्यौं’

नेपालमै भएको पहिलो सागमा फुटबल, एथ्लेटिक्स, पौडी, बक्सिङ र भारोत्तोलन गरि ५ खेललाई समावेश गरिएको थियो। तर, फुटबलमा कम्तीमा ४ वटा टोली नपुग्ने आशंका बढेसँगै समस्यामा परेको नेपाली टोली माल्दिभ्सलाई जसरी पनि सहभागी गराउन त्यसतर्फ प्रस्थान गरेको थियो। जसको नेतृत्व तत्कालीन अखिल नेपाल फुटबल संघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य कमल थापाले माल्दिभ्सको राष्ट्रपतिलाई मनाउँदै अन्तत् माल्दिभ्स टोलीलाई ल्याउन सफल भए।

भक्तपुर फुटबलमा जथाभाबीको आरोप

भक्तपुर जिल्ला फुटबल संघले अस्तित्वमा रहेका क्लबहरूलाई बेवास्ता गरी मनपरी ढंगबाट संघ सञ्चालन गर्दै आएको आरोप लगाएका छन्। लिग आयोजना गर्न अस्तित्वमा रहेका क्लबलाई बेवास्ता र अन्य क्लबलाई समावेश गर्दै लिग सञ्चालन गर्न लागेको भन्दै भक्तपुर जिल्लाका ८ क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर भक्तपुर जिल्ला फुटबल संघप्रति आक्रोश व्यक्त गरेका हुन्। उनीहरूले भक्तपुर जिल्ला संघले लिग गर्न नसकेको, अनियमितता गरेको र जिल्लामा सक्रिय क्लबहरूलाई नै बेवास्ता गरेको आरोप लगाएका हुन्।

मेयर कपको उपाधि रामेछापलाई

रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकाले हात पारेको छ।

दुवै खेलमा बराबरी नतिजा

राजधानीमा जारी ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियसिपअन्तर्गत बुधबार भएका दुई खेल १–१ गोलको बराबरीमा सकिएका छन्।

मुख्यमन्त्री लिग : घरेलु टोली खोटाङसँग स्तब्ध

उदयपुरमा जारी मुख्यमन्त्री लिग फुटबलमा घरेलु टिम उदयपुर ११ पराजित भएपछि प्रतियोगिताको शीर्षस्थान उक्लने मौका गुमेको छ। बुधबार सम्पन्न खेलमा खोटाङसँग १–० ले पराजित भएसँगै उदपुरलाई शीर्ष स्थान उक्लने मौका गुमेको हो।

इन्डोनेसिया र अस्ट्रेलियाको तयारी

इन्डोनेसिया र अस्ट्रेलियाले २०३४ को विश्वकप फुटबलका लागि संयुक्त रूपमा दाबेदारी प्रस्तुत गर्ने प्रारम्भिक तयारी थालेका छन्।

विराटनगरलाई उपमेयर कप

बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै विराटनगर महानगरपालिकाले काठमाडौंमा सम्पन्न प्रथम उपमेयर कप अन्तरनगरपालिका महिला फुटबलको उपाधि जितेको छ।

सुदूरपश्चिम पृतनापति उपाधि भवानीबक्सलाई

प्रतियोगिताको अन्तिम दिन कैलालीको तेघरीस्थित सैनिक खेल मैदानमा सम्पन्न फुटबलको फाइनल खेलमा भवानीबक्स गणले भवानीदल गणलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी हात पारेको हो।

जिस्टारले जित्यो फ्रेन्डसिप कप

चौथो संस्करणको फ्रेन्डसिप कप सेभेन ए साइड फुटबलको उपाधि जिस्टार एफसी बेलचौतराले जितेको छ। बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक फ्रेन्डसिप युथ क्लब(रातो) लाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दे जिस्टारले उपाधि जितेकोे हो।

एउटै खेलमा ५५ गोल !

बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा चौथो संस्करणको फ्रेन्डसिप कप सेभेन ए साईड फुटबल जारी छ। फ्रेन्डसिप युथ क्लबद्धारा आयोजित प्रतियोगितामा बिहीबार सेमिफाईनल समिकरणका लागी भएको एउटा खेलमा ५५ गोल गरेका छन्।

करफोकमा फुटबल ट्रेनिङ सेन्टर बन्दै

स्थानीय खेल प्रतिभा उजागर गर्ने उद्देश्यले जिल्लाको सूर्याेदय नगरपालिकामा फुटबल ट्रेनिङ सेन्टर निर्माण गरिने भएको छ। पूर्वीपहाडमै फुटबल ट्रेनिङ सेन्टर नभएका बेला सूर्याेदय नगरपालिकाले पूर्वको खेल विकासमा ‘इँटा’ थप्न लागेको हो।

खेलाडीको हूलमा फरक

नेपाली महिला फुटबल अबको केही वर्षले केकस्तो गन्तव्य छुने छ, त्यो धेरै अर्थमा एक खेलाडीमा निर्भर हुनेछ, तिनी हुन्, सावित्रा भण्डारी। उनी ब्राजिली फुटबलकी प्रशंसक हुन्, त्यसैले आफैले आफैँलाई ‘साम्बा’ भन्न पनि रुचाउ“छिन्। ‘साम्बा’ भन्ने, तर खेल भने औसत ? त्यो त हुनुभएन नै। धन्न, सावित्रा त्यस्ती छैनन्। सन् अस्सीबाट नेपालमा महिला फुटबलमा जग बसेको मानिन्छ र त्यसयता नेपालले पाएका अब्बल दर्जाका एक खेलाडीमा पर्छिन्, उनी।

आयोजकको दोस्रो जित

फ्रान्समा जारी महिला विश्वकप फुटबलअन्तर्गत बुधबार भएको खेलमा आयोजकले पाहुना टोली नर्वेलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

महिला विश्वकप फुटबलमा ब्राजिललाई अस्ट्रेलियाले हरायो

फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अस्ट्रेलियाले ब्राजिललाई ३–२ ले पराजित गरेको छ।

पोर्चुगललाई अर्काे उपाधि

तीन वर्षपछि युरोपियन फुटबलमा सफलता दोहा¥याउँदा पोर्चुगल र क्रिस्टियानो रोनाल्डोले उत्सवको रूपमा अर्को अन्तर्राष्ट्रिय उपाधि चुमेका छन् । आइतबार युइएफए नेसन्स कपको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै उपाधि जितेको पोर्चुगलले सन् २०१६ मा युरो कप च्याम्पियन भएपछि अन्तर्राष्ट्रिय विश्व फुटबलमा अर्को ठूलो सफलता दोहो¥याएको हो।‘हाम्रा लागि यो ठूलो सफलता हो,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने,‘यो जित सदैव पोर्चुगिज फुटबलमा यादगार दिनका रूपमा रहनेछ ।’ पोर्चुगलको यो सफलतामा रोनोल्डोको भूमिका उत्कृष्ट रह्यो ।.

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्