काठमाडौं– ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत शनिबार रातीको खेलमा बार्सिलोना पराजित भएको छ। स्टार खेलाडी लियोनल मेसी र आन्सु फातीसहितको बार्सिलोना ग्रानाडासँग २–० गोलले स्तब्ध भएको हो। उक्त खेलमा मेसी चल्न सकेनन्।
घरेलु मैदानमा ग्रानाडाका रामोन अजिजले दोस्रो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। ६६ औं मिनेटमा अल्भारो माडिल्लोले पेनाल्टी गोल गर्दै अग्रता दोब्बर पारे।
बार्सिलोनाबाट मेसी तथा फातीले गोलको प्रयास गरे पनि सफल हुन सकेन। यो सँगै बार्सिलोनाले प्रतियोगितामा खराब सुरुवात गरेको छ।
शतिबार राती नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिड सेल्टा डी भिगोसँग गोलरहित बराबरीमा रोकिएको छ भने भिल्ला रियलले रियल भालाडोलिडलाई २–० ले पराजित गर्यो। त्यस्तै, लेभान्टे र एइबर गोलरहित बराबरीमा रोकिए।
प्रकाशित: ५ आश्विन २०७६ ०१:२३ आइतबार