५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नाटक क्षेत्रको विशाल ग्रन्थ प्रकाशित

अनुसन्धानमार्फत नेपाली नाटक र रंगमञ्चको समग्रतालाई समेट्ने उद्देश्यले २०७८ मा स्थापना भएको नेपाल  नाट्यप्रतिष्ठान, पोखराले ‘नेपाली नाट्यविमर्श’ शीर्षकको ग्रन्थ यही असोज ६ गते नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा विमोचन हुँदै छ।

उक्त ग्रन्थका प्रधान सम्पादक प्राडा रामचन्द्र पोखरेल हुन् भने डा. अशोक थापा, पुरु लम्साल र सुन्दर मानन्धर सम्पादकको भूमिकामा रहेका छन्। ग्रन्थलाई समालोचक प्रा.डा. दयाराम श्रेष्ठले नेपाली नाट्यवेदान्त मान्दा पनि हुन्छ, नेपाली नाट्यज्ञानकोश मान्दा पनि हुन्छ वा नेपाली नाट्यसागर मान्दा पनि हुन्छ भनी टिप्पणी गरेका छन्।

एक हजार पृष्ठमा संरचित उक्त ग्रन्थ चार खण्डमा विभाजित छ। यसको पहिलो खण्डमा ३२ लेख, दोस्रो खण्डमा सत्र वटा कार्यपत्र, तेस्रो खण्डमा चार वटा नाट्यवार्ता रहेका छन्। नेपाली नाटकको रंगमञ्चका साथ भारतका दार्जिलिङ, सिक्किम, कलकत्ता, असम, डुबर्स, सिलगढी आदि स्थानका रंगगतिविधिलाई पनि यस ग्रन्थमा समेटिएको छ।

प्रकाशित: ५ आश्विन २०८१ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App