९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय शिक्षा नीति बनाउनु पर्छ’

देशको शैक्षिक अवस्थाको बारेमा चासो देखाई जानकारी लिन राष्ट्रपति भण्डारीले सोमबार शिक्षा पत्रकारहरुलाई डाकेकी थिइन्। सोही सन्दर्भमा शिक्षा पत्रकार संजाल नेपाल (इजोन)को सहकार्यमा शिक्षा विटमा कार्यरत पत्रकारहरुले राष्ट्रपति भण्डारीलाई विद्यालयदेखि विश्वविद्यालय तथा विदेशी शिक्षाको अवस्थमा जानकारी गराएका थिए।

नौ दिनपछि बजेट खर्च गर्ने बाटो खुल्यो

विनियोजन विधेयक पास भएर बिहीबार प्रमाणीकरण भएकाले शुक्रबारबाट खर्च गर्ने बाटो खुलेको हो।

‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्याे

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो।

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन्।

सेनाको कमान्ड शर्माको काँधमा

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।

तिजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्छ : राष्ट्रपति भण्डारी

भण्डारीले तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएकी हुन् ।

आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन, यस्तो छ कार्यसूची

सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्।

‘आधारभूत तहदेखि अंग्रेजी भाषा विस्तार गर्नु संविधान विपरीत’

भाषा आयोगले गरेका अध्ययनहरूबाट थप ८ वटा भाषाहरू पहिचान गरी प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ। मातृभाषाहरूका वक्ताहरूको संख्या र वितरण अब हुने जनगणनाबाट यकिन हुने आयोगले विश्वास लिएको छ ।

जेलिएको झेली राजनीति

हिजो आफ्नो स्वार्थका निम्ति दरबारलाई असंवैधानिक कदम चाल्न बाध्य पार्ने, संसद् र संविधान उल्लंघनमा प्रेरित गर्ने शक्ति अहिले अदालतमा शक्ति थुपारेर लोकतन्त्र कमजोर बनाउने षडयन्त्रमा सक्रिय देखिन्छन्।

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको सन्देश

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरेकी हुन्।

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ: राष्ट्रपति

‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिँदै उनले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताएकी हुन्।

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

एमाले विवादः मध्यस्थता गर्न राष्ट्रपतिलाई अनुरोध

‘कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रुपमा रहेको एमालेभित्र देखिएको विवादमा ओलीले हदैसम्म पेलेको सत्य हुँदाहुँदै माओवादीसमेत एकीकरण भएपछि बनेको नेकपाले एमालेको विवादलाई थप उत्कर्षमा पुर्‍याएको विषयमा समेत चर्चा भएको थियो’, स्रोतले भन्यो।

जतिसक्दो चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छन्।

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्