११ असार २०८१ मंगलबार
image/svg+xml

गाउँमै पुग्यो अनुदानको गहुँको बीउ

कृषि ज्ञान केन्द्रले यस पटक समयमै जिल्लाका नौवटै स्थानीय तहमा २६ क्विन्टल प्रजनन बीउ र ४० क्विन्टल उन्नत बीउ पठाएको छ। किसानले गहुँ छर्न शुरु नगर्दै ज्ञान केन्द्रले स्थानीय तहमार्फत किसानको दैलोमै उन्नत जातको बीउ पठाएको हो।

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।

हावाहुरी पीडित भन्छन् : धन सम्पत्तिसँगै खुशी पनि बाँकी राखेन

हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भने, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो। विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो।

किसानले गहुँको बीउ पाएनन्

सप्तरीको तिलाठी–कोइलाडी गाउँँपालिका–८ का इन्द्रदेव यादव चार बिघा खेतमा यसपालि गहुँ लगाउँने तयारी गरेका छन्। खेत जोतेर तयारी अवस्थामा राखेका यादव पछिल्लो चार–पाँच दिनदेखि गहुँको बीउका लागि स्थानीय सहकारी संस्थादेखि लिएर राजविराजस्थित कृषि ज्ञान केन्द्र कार्यालयसम्म धाइरहे पनि बीउ पाउन सकेका छैनन्।

मल अभावले गहुँ छर्न ढिलो

हरेक वर्ष कात्तिक दोस्रो साता कृष्णपुर–९, पिपरी कञ्चनपुरका छेदाराम राना खेतमा गहुँ छरिसक्थे । तेस्रो सातासम्म त खेतमा गहुँ टुसाइसक्थ्यो । तर, यसपलि भने उनको खेत जोत्नै बाँकी छ।

लथालिंग गहुँ सुपर जोन

कर्मचारी अभावमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (गहुँ सुपर जोन) मा कर्मचारी नहुँदा अस्तव्यस्त बनेको छ ।

गहुँको बोरामा कपडा तस्करी

भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको रातो कार वीरगञ्ज भन्सारमा जाँच गर्दा गहुँको बोराभित्र करिब २ लाख मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ।

बारामा २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन

यस वर्ष बारामा करिब २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ। खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४–७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो।

सर्लाहीमा गहुँ उत्पादन घट्यो

सर्लाहीमा यस वर्ष गहुँ उत्पादन घटेको छ। उखु खेती विस्तार भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको र त्यसको असर उत्पादन परेको बताइएको छ। असिनाले पनि असर गरेको छ।

गहुँ बालीमा किसानलाई घाटा

गहुँको खेतीमा यसपालि पनि किसानलाई घाटा परेको छ । लागत अनुसारको भाउ नपाइने त्यसमा पनि चैतको बर्खा । ‘घाटा छ खेतीमा । लागत निकाल्न समस्या छ,’ पर्सा सुपौलीका बिकाउ रामले भने, ‘लागत र मेहनतको बनिहारी (ज्याला) मात्र निस्केको भए हुन्थ्यो ।’ पर्सामा यो वर्ष थोरै खेतमा गहुँ खेती गर्ने साना किसानलाई घाटा परेको छ।

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा गहुँखेती प्रभावित

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ ।

पौने ४८ अर्बको गहुँ फल्यो

यो वर्ष गत वर्षभन्दा करिब साढे तीन अर्ब रुपैयाँ धेरै मूल्यको गहुँ फलेको छ। गत वर्षभन्दा एक लाख ४१ हजार मेटि्रक टन धेरै फलेर १८ लाख ७५ हजार मेटि्रक टन गहुँ उत्पादन भएको कृषि विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्