१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

असिनाले गहुँ बालीमा क्षति

धनगढी– डोटी जिल्लामा शुक्रबार परेको असिना पानीले पाक्न लागेको गहुँ बालीमा ठूलो क्षति  पुर्याएको छ ।

झण्डै डेढ घण्टासम्म हावाहुरीसहित परेको असिना पानीले डोटीको दक्षिणी क्षेत्रका बडिकेदार, बोगटान, जोरायल, केआई सिंहलगायतका गाउँपालिकाको हजारौं रोपनी जग्गामा लगाइएको गहुँ, जौं बालीका साथै फलफूल सखाप बनाएको बडिकेदार गाउँपालिकाका कृष्णबहादुर चन्दले राससलाई जानकारी दिए।

“बाक्लो र यति धेरै असिना अहिलेसम्म परेको देखेको थिएन,” चन्दले भने। असिना पानीले कैलाली जिल्लाको चुरे पहाड क्षेत्रका गाउँपालिकाको बालीमा समेत क्षती पुर्याएको छ ।

असिना पानीले फुल्न लागेका सुन्तला र पाक्न लागेको काफलमा समेत व्यापक क्षति पुर्याएको छ । लामो समयपछि यस क्षेत्रमा वर्षासहित असिना परेको हो। रासस

प्रकाशित: २५ चैत्र २०७३ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App