१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दुहबी–कटहरी विवाद समस्या, मुख्यमन्त्रीको पहलमा समाधान

स्थानीयवासीको अवरोधका कारण निर्माण रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत् प्रसारण लाइनको काम अब सुचारु हुने भएको छ। प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईको पहलमा शुुक्रबार सर्वपक्षीय सहमति भएपछि प्रसारण लाइनको काम सुरु हुने बाटो खुलेको हो।

करातेमा प्रशिक्षण विवाद

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपाली राष्ट्रिय कराते टोलीको प्रशिक्षणका क्रममा सोमबार विवाद भएको छ। राष्ट्रिय खेलकुद परिषद्् (राखेप) द्वारा नियुक्त गरिएका प्रशिक्षकले सोमबार प्रशिक्षण गर्ने तयारी गरिरहँदा नेपाल कराते महासंघका सदस्यद्वय ध्वजमान मोक्तान र रवि महर्जनले अवरोध पु¥याउन खोजेपछि विवाद सिर्जना भएको आरोप लागेको छ।

दुर्गा मेला हेर्न गएको बेला दुई समूहबीच विवाद, दर्जन बढी घाइते

सिरहामा दुई समूहबीच सामान्य विवादले उग्र रुप लिँदा दर्जन बढी घाइते भएका छन्। सिरहको मैन र नटवा टोल युवा समूहबीच सामान्य विवादले उग्र रुप लिँदा दर्जन बढी घाइते भएका हुन्।

फुटबलको विषयमा विवाद हुँदा गाेली चल्याे

फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ।

जग्गा विवादबीच शिलान्यास तयारी

चिनियाँ लगानीमा झापाको दमकमा निर्माण गर्ने तयारीमा गरिएको चाइना–नेपाल औद्योगिक पार्क जग्गा विवादबीच शिलान्यास गर्ने तयारी गरिएको छ। आगामी असोज १६ मा कमल गाउँपालिका–७, माझीगाउँमा प्रधानमन्त्री केपी ओली र तिब्बत सरकारका प्रमुखले औद्योगिक पार्कको शिलान्यास गर्दैछन्।

बहुमत र अल्पमतको विवादले थलियो उर्लाबारी

बहुमत र अल्पमत विचको विवादले मोरडको उर्लाबारी नगरपालिकाको कामकाज एक महिनासम्म प्रभावित भयो। अल्पमतमा रहेको प्रमुख खड्ग फागोविरुद्ध बहुमत सदस्यले मुद्दा हाले। उच्च अदालत विराटनगरले बोर्ड बैठकका निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो। उपप्रमुख लक्ष्मी भण्डारीकै नेतृत्वमा मुद्दा हालिएपछि सेवा प्रवाह एक महिनासम्म प्रभावित भयो। विवादको मुख्य जड भनेकै अल्पमत र बहुमतको मुद्दा हो।

उद्योगले तिर्नुपर्ने फैसला

विद्युत् महसुल विनियमावली २०७३ विपरीत प्राधिकरणले बिल काटेकाले बिल तिर्न नसक्ने भन्दै अदालत पुगेका उद्योगी, व्यवसायीको रिट खारेज गर्दै उच्च अदालत पाटनले प्राधिकरणले तोकेबमोजिम महसुल तिर्नुपर्ने फैसला सुनाएको छ।

सरकारविरुद्ध तरुण दल सडकमा

आन्तरिक विवादमा रुमलिएको नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दल सरकारविरुद्ध सडकमा उत्रिएको छ । चाडवाडको मुखमा पनि सरकारले कालोबजारी र महँगी नियन्त्रणमा कुनै चासो नदिएको भन्दै तरुण दलले आइतबार दिउँसो माइतीघर मन्डलामा प्रर्दशन गरेको हो ।

बहुमत र अल्पमतको विवादले थलियो उर्लाबारी

बहुमत र अल्पमत विचको विवादले मोरडको उर्लाबारी नगरपालिकाको कामकाज एक महिनासम्म प्रभावित भयो। अल्पमतमा रहेको प्रमुख खड्ग फागोविरुद्ध बहुमत सदस्यले मुद्दा हाले। उच्च अदालत विराटनगरले बोर्ड बैठकका निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो। उपप्रमुख लक्ष्मी भण्डारीकै नेतृत्वमा मुद्दा हालिएपछि सेवा प्रवाह एक महिनासम्म प्रभावित भयो। विवादको मुख्य जड भनेकै अल्पमत र बहुमतको मुद्दा हो

खिचातानीले कांग्रेसमा गतिरोध

आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोलपूर्ण अवस्थामा पुगेको छ। १३औं महाधिवेशन भएको साढे तीन वर्ष हुँदासमेत आन्तरिक विवादका कारण विभाग र अन्य निकायलाई कांग्रेसले पूर्णता दिन सकेको छैन। यसबाट कार्यकर्ता नेतृत्वपंक्तिसँग असन्तुष्ट छन्।

भूमि विधेयक : विवाद र वास्तविकता

भूमिसम्बन्धी आठौँ संशोधन विधेयकमाथि राष्ट्रियसभाको विधायन समितिमा छलफल भइरहेको छ। समितिले यो विधेयक सम्बन्धमा भूमि समस्या बढी भएका केही जिल्लामा छलफल गरी सुझावसमेत संकलन गरेको छ। यस्तो छलफल सम्बन्धित मन्त्रालयले विधेयकको मस्यौदा तयार गर्ने समयमै गर्नुपथ्र्याे। यसो भएमा छलफलको सान्दर्भिकता बढी रहन्थ्यो। जे होस्, विधायन समितिले ढिलै भए पनि गरेको प्रयास राम्रो हो। कानुन पास गरेर पठाउनुपूर्व सम्बन्धित नागरिकको राय लिने कार्य लोकतन्त्रको अनिवार्य तत्व नै हो।

सुमार्गीको कर विवाद : सर्वाेच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिको कर विवादको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

केही अमेरिकी सामानमा बेइजिङको कर छुट

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गत साता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए।

तरुण दलमा विवाद चुलियो, अध्यक्ष र महासचिवका आ-आफ्नै शैली

तरुण दलमा विवाद चुलिँदै गएको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्काका निर्णयका विरुद्ध वक्तव्यवाजी गर्न थालेपछि संगठनको विवाद छताछुल्ल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्