काठमाडौं – आन्तरिक विवादमा रुमलिएको नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दल सरकारविरुद्ध सडकमा उत्रिएको छ । चाडवाडको मुखमा पनि सरकारले कालोबजारी र महँगी नियन्त्रणमा कुनै चासो नदिएको भन्दै तरुण दलले आइतबार दिउँसो माइतीघर मन्डलामा प्रर्दशन गरेको हो ।
महँगी र कालोबजारी नियुनत्रण गर्न माग गर्दै सडकमा प्रर्दशन गर्दैे तरुण दलले मुलुकमा भ्रष्टाचार अनियमितालाई सरकारले संस्थागत गरेको पनि आरोप लगाएको छ । त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी सभापति शेरबहादुर देउवामाथि अमर्यादित भाषा प्रयोग गरेको भन्दै आलोचनासमेत गरेको छ । राष्ट्रपति भण्डारीले शुक्रबार राजधानीमा आयोजीत एक कार्यक्रममा कांग्रेस सभापति देउवाले बोलेको आफूले केही नबुझेको बताएकी थिइन् ।
प्रकाशित: ६ आश्विन २०७६ ०४:१९ सोमबार