३ मंसिर २०८१ सोमबार
image/svg+xml

अख्तियारद्वारा खड्का विरुद्ध मुद्दा दायर: अकुत सम्पत्ति आर्जेको आरोप (आरोप पत्रसहित)

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले साढे १८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अस्पताल बनाउन २२ रोपनी जग्गा दान

साेलुखुम्बुका एक स्थानीयले अस्पतालका लागि २२ रोपनी जग्गा दान गरेका छन्। दूधकोसी सामुदायिक अस्पताल निर्माणका लागि थुलुङ दूधकोसी गाउँपालिका मुक्लिका गोरे राईले उक्त क्षेत्रफलको जमिन निःशुल्क उपलब्ध गराएका हुन्।

सल्लाघारीे एक सय आठ रोपनी जग्गा जोगाउन पर्खाल

विभिन्न समूहले आँखा गाडिरहेको भक्तपुर सल्लाघारीस्थित एक सय आठ रोपनी क्षेत्रफलको जग्गा पर्खाल घेरेर संरक्षण कार्यको थालनी गरिएको छ।

माझखण्डको जग्गा हडप्न चलखेल

दक्षिण ललितपुरमा पर्ने पर्यटकीय क्षेत्र माझखण्डको जग्गा अनियमितरूपमा किनबेच हुने गरेको पाइएको छ। केबलकार होमस्टे बन्ने आशा देखाएर केही व्यवसायीले यस क्षेत्रको जग्गा किनबेच थालेका हुन्।

समृद्धिभन्दा पहिले

एक–दुई जना सरकारी कर्मचारीले आफूले गर्नुपर्ने काम गर्दा समाचार बन्ने हाम्रो देशमा समृद्धिको बहस चर्को छ, यतिबेला। समृद्धि नेपालको अपरिहार्यता हो। समृद्धिका लागि हाम्रा प्रधानमन्त्रीले बेलाबेला प्रस्तुत गर्ने पानीजहाज, रेल, विद्युतीय बस, ठूलाठूला बाटाहरूको प्रबन्ध होला।

जबरा प्रधानन्यायधीश बन्ने चर्चासँगै छप्कैयावासी चिन्तित

२०७२ साउनमा वीरगन्ज उपमहानगरपालिका वडा नं.२ छपकैयास्थित सार्वजनिक पोखरीलाई निजी जग्गा बनाएर किनबेच सुरु भएपछि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम वीरगन्जमा चर्चामा आयो। अहिले उनी प्रधानन्यायाधीश बन्ने प्रक्रिया अगाडि बढेपछि सो जग्गासम्बन्धी विवादमा स्थानीयको हार हुने र जग्गा कारोबारीले बाजी मार्ने आशंकाले छप्कैयाबासी चिन्तित बनेका छन्।

माझखण्डको जग्गा विक्रि वितरणमा रोक

ललितपुरको दक्षिणी भेगमा पर्ने वागमती गाउँपालिका–५ स्थित माझखण्डको जग्गा किनबेचमा वडा कार्यालयले रोक लगाएको छ। पर्यटकीय क्षेत्रको प्रवल सम्भावना बोकेको ठाउँमा जग्गा व्यवसायीहरूको चलखेल बढेको भन्दै वडाले तत्काल कुनै पनि जग्गा विक्रि वितरण नगर्न निर्देशन सँगै रोक लगाएको हो।

जलविद्युत् आयोजनाको आडमा अवैध क्रसर

शक्ति र पहुँचको आडमा उत्तरी म्याग्दीमा सञ्चालित एक क्रसर उद्योगले अवैध उत्खनन् गरेको पाइएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको पतारमा मिस्त्री खोला, आसपासका सार्वजनिक जग्गाबाट गिटी, बालुवा र ढुंगा उत्खनन् गरेर केही स्थानीयले निर्माणाधिन अवस्थामा रहेकोे ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाको आडमा खोलामा एक्जाभेटर लगाएर निर्वाध बिक्री गर्ने गरेका छन्।

मन्त्रीका लागि ५० भवन बनाइँदै

जग्गा अधिग्रहण गरेको २३ वर्षपछि सरकारले संघीय सरकरका मन्त्री, प्रदेश सरकारका प्रदेश प्रमुख तथा प्रदेश मुख्यमन्त्रीका लागि करिब ५० वटा सुविधा सम्पन्न भवन बनाउने प्रक्रिया अघि बढाएको छ। सहरी विकास मन्त्रालयले लतिलपुरको भैंसेपाटीमा आवासगृह बनाउन अवधारणा (कन्सेप्ट डिजाइन) निर्माण भएको जनाएको छ। सोअनुसार प्रारम्भिक काम अघि बढेको सहरी विकासमन्त्री इस्तियाक राइले जनाएका छन्।

कोशीपीडितले अझै पाएनन ७३ वर्ष पुरानो मुआब्जा

सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सैयाै बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै पाएका छैनन्।

घर बनाउने जग्गा खोज्दै बित्यो तीन वर्ष

रसुवाका १ हजार १५ परिवार बसिरहेका बस्तीहरू सुरक्षित छैनन्। भूकम्पका कारण जमिन चिरिएर तथा पहिरो गएर ती बस्तीहरू असुरक्षित बनेका हुन्।

सिङ्गो गाउँनै एक व्यक्तिको नाममा दर्ता

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी हुँदा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको एकल नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर रहस्य खुलेको हो।

उखु क्रसिङमा चिनी उद्योगीको अलमल, खेत बाँझै रहने किसानको चिन्ता

उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् ।जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि उखु क्रसिङ नगर्दा उखु कटान गर्न ढिलाइ भएको छ ।

प्रहरी भवन निर्माणका लागि जग्गा दान

डोल्पाको धो–तराप उपत्यकामा नेपाल प्रहरीलाई भवन निर्माणको लागि जग्गा दान गरिएको छ। विश्वको सबैभन्दा अग्लो मानव बस्ती रहेको धो–तराप उपत्यकामा इलाका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका हुन।

औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण सुरु

चिनियाँ लगानीमा झापामा बन्ने भनिएको दमक क्लिन इन्डस्ट्रियल पार्कका लागि जग्गा अधिग्रहण सुरु भएको छ। त्यसका लागि चार सय ११ बिघा जग्गाको मुआब्जा वितरण थालिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्