१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

बेनी-जोमसोम सडक अवरुद्ध हुँदा दसैं लक्षित १५० बढी कन्टेनर र २०० गाडी रोकिए

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक बाढीपहिरोले क्षतविक्षत बनेपछि चीनबाट दसैं-तिहार लक्षित सामान बोकेर आएका १५० भन्दा बढी कन्टेनर र करिब २०० विद्युतीय सवारी साधन (ईभी) बाटोमै रोकिएका छन्।

सांसद खत्रीलाई पत्रकार महासंघको आग्रह: तत्काल माफी माग्नुहोस्

महासङ्घले खत्रीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्न आग्रह गर्दै प्रतिनिधि सभा बैठकको रेकर्डबाट विवादित भनाइ हटाउन सभामुखसमक्ष माग गरेको छ।

राष्ट्रिय दिवसमा सीको सन्देश : आत्मविश्वासका साथ अघि बढे चीनको पुनरुत्थान रोकिँदैन

सो अवसरमा उनले पछिल्ला ७७ वर्षमा चीनले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरता हासिल गरेको बताए।

एन्फाका दुई पदाधिकारीको रिहाइ माग अस्वीकार, सीआईबीको अनुसन्धान कायमै

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार दुवैको रिट खारेज गर्ने आदेश दिएको हो।

प्रचण्डको दाबी- बाढीमा सबैभन्दा बढी हाम्रा कार्यकर्ता खटिए, वाईसीएललाई समातेर जनता रोए

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवा बाढीपहिरो प्रभावित क्षेत्रको खोजी तथा उद्धारमा सबैभन्दा बढी आफ्नै पार्टीका नेता-कार्यकर्ता खटिएको दाबी गरेका छन्।

काङ्ग्रेस महाधिवेशनमा उत्कृष्ट भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेविसंघले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ।

फ्लाईदुबई विमान प्रकरणमा युएईले के भन्यो ?

घटनापछि यात्रुहरूलाई फ्लाईदुबईले उपलब्ध गराएको अर्को विमानमार्फत ताबुकबाट गन्तव्यतर्फ पठाइएको थियो। युएईको विदेश मन्त्रालयले घटनाको व्यवस्थापन र अनुसन्धानमा सहयोग गरेको भन्दै साउदी अधिकारीलाई धन्यवाद दिएको छ।

संसद् अधिवेशन अन्त्य भएसँगै नेकपाले विपत्तिपछिको पुनर्निर्माणमा सहयोग गर्ने

बैठकले विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको हो।

लमजुङमा जिप दुर्घटना: चार जना घाइते, एक गम्भीर

लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याङ्गेस्थित बेँसीसहर-मनाङ सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये जिपका धनीको अवस्था गम्भीर रहेको छ।

‘कर्णाली प्रोत्साहन भत्ता’ रोकिएपछि चरणबद्ध आन्दोलन गर्ने चिकित्सकको घोषणा

२४ घण्टाभित्र आफूहरूका माग पूरा गर्न भन्दै सामाजिक विकास मन्त्री जीतबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले शुक्रबारदेखि आन्दोलनका कार्यक्रम तय गरेका छन्।

गढीमाईमा हातेकल योजनामाथि अख्तियारको छानबिन, स्थलगत अनुसन्धान गर्ने

अनुसन्धान टोलीले कागजमा देखाइएको संख्या र फिल्डमा वास्तवमै जडान भएका हातेकलबीचको अवस्था समेत परीक्षण गरिरहेको छ।

कांग्रेस प्रमुख सचेतक परियार महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित, भन्छन्: निष्ठाको राजनीति निरन्तर रहन्छ

परियारले आगामी दिनमा पनि नेपाली कांग्रेसको चारतारे झण्डामुनि इमानदारी र निष्ठाका साथ राजनीतिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

फिर्केमा कोतारिएर छाडिएका संरचना भत्काउन सुरु

गत जेठ १० गतेदेखि एक हप्तासम्म फिर्केखोला सफाइ अभियानका क्रममा कोतरेर छाडिएका संरचना बिहीबारदेखि महानगरले भत्काउन सुरु गरेको हो।

रसुवा, मनाङ, मुस्ताङ र हुम्ला जोड्ने सडक पूर्ण ठप्प

लगातारको बाढी र पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्ग तथा हिमाली जिल्ला जोड्ने रणनीतिक सडकहरू अवरुद्ध भएका छन्।

बाढीले अभिभावक खोसेका पाँच बालबालिकाको १८ वर्षसम्म राज्यले हेरचाह गर्ने

मन्त्रालयले पाँचै बालबालिकालाई ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा समेटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्