१० मंसिर २०८१ सोमबार
image/svg+xml

हिमपातले डाँडाकाँडा सेताम्य, जनजीवन कष्टकर

डोल्पामा हिमपात सुरु भएको छ। सोमबार रातिदेखि बादल लागेपनि आज बिहानैदेखि हिमपात सुरु भएको हो। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, करेलीकाँडा, पहाडा, लिकु, दापु जगदुल्ला गाउँपालिकामा पर्ने रिमी काइगँउ, ठुलीभेरी नगरपालिकामा पर्ने जुफाल, माझफाल, रह लगायतका स्थानमा अहिले हिमपात भइरहेको छ।

बाँकेलाई कर्णालीमा गाभ्न माग

प्रदेश ५ को नाम र राजधानी टुंग्याउने विषयमा बनेको समितिले दोस्रोपटक म्याद थप्दा पनि तीव्र गतिमा काम गर्न सकिरहेको छैन। हिउँदे अधिवेशनको पहिलो बैठकले तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो। उक्त समितिले अहिलेसम्म सुझाव संकलन गर्न सकेको छैन। नाम र राजधानीका विषयमा काम तीव्रता नहुँदा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज गुञ्जन थालेको छ।

हिउँमा खेल्न दाेलखा पुगे पर्यटक

दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो ।

ट्याक्टर दुर्घटनामा १ काे मृत्यु

रुकुम (पूर्व)मा हिउँमा चिप्लीएर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रा १ त १६९४ नम्बरको ट्याक्टर गाउँपालिका–१२ गरखानीमा दुर्घटना हुँदा जिल्लाको भुमे गाउँपालिका–१ का १८ वर्षीय किसमत गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ।

पानी छैन, केबलकारको सपना !

दक्षिण ललितपुरमा पर्नेे माझखण्डवासीलाई हिउँद–बर्खा खानेपानीको हाहाकार पर्छ। पशुपालन, कृषि र पर्यटन सम्भावना बोकेको यो क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेकै खानेपानी हो। पानी नहुँदा किसानहरूले खेतिपाती गर्न पाएका छैनन्।

हिउँदे अधिवेशन आजदेखि

संघीय संसद्को हिउँदे अधिवेशन बुधबार सुरु हुँदैछ। अपरान्ह ४ बजे बोलाइएको बैठकमा राजनीतिक दलका नेताले अधिवेशन प्रारम्भ अवसरमा मन्तव्य दिने छन्। प्रतिनिधिसभाको कार्यसूची तयार गर्न मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको थियो। बैठकले एउटा विधेयक र अध्यादेश पेस गर्ने कार्यसूची तय गरेको छ।

भाेलिबाट संसदकाे हिउँदे अधिवेशन, यस्ताे छ पहिलाे दिनकाे कार्यतालिका

प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार अपराह्न ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनेछन्।

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान, पहिलो बैठक ११ पुसमा

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ११ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव

सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ। विगतका वर्षजस्तै यसवर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन्।

पारि हिउँ हरायो, वारि स्याउ

पोल्यान्डमा यसै साता जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलन चल्दै गर्दा हेलम्बु–१ ध्याङ्गुलका ६६ वर्षीय छिरिङ हल्मु लामा आँगनमा सुक्दै गरेका स्याउका बोट नियाल्दै थिए।

हिउँदमा चल्ने सडक वर्षामा ठप्प

वर्षाका कारण खोटाङका अधिकांश सडक बन्द भएका छन्। हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण ठप्प भएका छन्।

हिउँ पग्लिन नपाउँदा बिजुली उत्पादन घट्यो

चर्को गर्मी हुने वैशाखमा पनि वातावरण चिसै भएपछि हिउँ पग्लन नपाउँदा बिजुली उत्पादन घटेको छ। नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली गत वर्षको यही समयको तुलनामा २४ प्रतिशतसम्म कमी आएको हो।

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी भए। उनीले त्यतिबेला राजनीतिक यात्रा थालेका थिएनन्। सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्