‘बी’ डिभिजन लिग : नयाँ बस्तीको पहिलो जित
नयाँ बस्ती युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार पहिलो जित निकाल्दा बाँसबारी युथ क्लब र श्री भगवती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
नयाँ बस्ती युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार पहिलो जित निकाल्दा बाँसबारी युथ क्लब र श्री भगवती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो पराजय भोग्दा ब्वाइज युनियनले सातदोबाटो क्लबसँग बराबरी खेल्दै अंकतालिकामा खाता खोलेको छ।
रुकुम (पश्चिम)मा स्थानीय सरकारले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका २ नम्बर वडाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो।
दुई गोलको अग्रता जोगाउन नसक्दा बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार टुसाल युवा क्लबसँग अंक बाँडेको छ।
२०६३/६४ को मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ५ जना सहिदको स्मृतिमा सोमबार सदरमुकाम मलंगवामा दुई मधेसवादी दलले लुकामारी हिसाबले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे। मधेस र मधेसीको हक अधिकारका लागि बलिदानी दिएका सहिदको सम्मानमा कार्यक्रम गर्न मधेसवादी दलहरू नै एकैठाउँ अटाउन सकेनन्। आफूहरू नै मधेसको सच्चा शक्ति भएको बताउने राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरमका नेता कार्यकर्ताले छुट्टाछुट्टै कार्यक्रम गरी सहिद दिवस मनाएका हुन्।
‘सहिद’ शब्दले देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्म–बलिदान दिने वीरत्व गुणयुक्त मानिसलाई बुझाउँछ। ‘सहिद’ त्याग, आत्मोत्सर्ग, निष्ठा, आदर्श, चेतना, वीरता, साहस, समपर्णजस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो। यी गुण र कर्महरूलाई आत्मसात् गर्दै आफूलाई आफ्नो राष्ट्रका खातिर होम्न रत्तिभर संकोच वा डर नमानी प्राणार्पण गर्ने वीर वा वीराङ्गानालाई नै वास्तविक अर्थमा ‘सहिद’का नामबाट सम्मान गर्न सकिन्छ। उसले राष्ट्रलाई शिरमा राखेको हुन्छ।
पटकपटक भएका जनआन्दोलनसहित विभिन्न आन्दोलनमा घाइते भएका तथा सहिद परिवारजनले राज्यले बेवास्ता गरेको गुनासो पोखेका छन्। सहिद दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनसहित अन्य आन्दोलनका घाइते तथा सहिद परिवारजनले सो गुनासो गरेका हुन्।
प्रदेश ३ को सरकारले बुधबार पहिलोपटक सहिद दिवस मनाएको छ। प्रदेश राजधानी हेटौंडास्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरेर सरकारले दिवस मनाएको हो। स्मारकस्थित सहिदहरूको प्रतिमामा माल्यार्पण गर्नुअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए। सभाअघि प्रभातफेरी गरिएको थियो।
२०६० साल पुस २४ गते वीरगन्ज महानगरपालिकाले बिपी उद्यान्नको नाममा खरिद गरेको जग्गामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बुधवार सहिद पार्क शिलान्यास गरेका छन्। वीरगन्ज महानगरपालिका स्वामित्वको जग्गामा पार्कको शिलान्यास गर्दा त्यहाँबाट सहमति वा स्वीकृति नलिइएको मंगलवार महानगरपापिलकाले जानकारी गराएको थियो। तत्कालै नेपाली कांग्रेसले बिरोध जनाएपछि प्रतिक्रियात्मकरूपमा कांग्रेसलाई चुनौती दिँदै शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतसहितका फोरमका नेताहरूले पार्कलाई ‘मधेसी सहिद पार्क’ भन्दै कडा र धम्कीपूर्ण भाषण गरे।
घटना २०६३ वैशाख ८ गतेको हो। राजसंस्था विरुद्ध हजारौं जनता सडकमा उत्रिएका थिए। डुब्न लागेको घाम झैं भएको थियो राजसंस्था। तर, प्रहरी दमन भने रोकिएको थिएन। परिवर्तनका निम्ति भएको आन्दोलनको अग्र मोर्चामा थिए, पर्वतका गोविन्दनाथ शर्मा। प्रहरीले फालेको अश्रु ग्यासको जवाफ घरको छतबाट चिसो पानीले फालेर दिंदै थिए। तर प्रहरीको गोली लागेर घरकै छतमा ढले गोविन्द। प्रहरीको गोली लागेर घाइते भएका गोविन्दको थप उपचार गर्न हतार हतार पोखरा ल्याइयो। तर १२ गते गोविन्दको प्राण गयो।
सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको समुन्नतिको निम्ति बलिदान हुनु हो। नेपालमा प्रत्येक वर्ष यस्ता ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्ने गरिन्छ। अधिनायकवादी शासन व्यवस्थाको विरुद्धमा नेपाली जनताले आवाज उठाउन थालेको निकै वर्ष भएको छ। तर सहिदहरूप्रति सम्मान गर्ने परम्पराको थालनी प्रजातन्त्रको उदयपछि नै भएको हो।
करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो। यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ।
सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको हो।
पुरस्कार रकम र तयारी खर्च हाराहारी रहेको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आगामी माघ २५ गतेदेखि सुरु हुने भएको छ।
सदरमुकाम लिवाङबाट दर्जनौ पहाडहरु काटेपछि २० कोष टाढा एक दिनको पैदल यात्रा पछि पुगिन्छ रोल्पाको जेलबाङ। मगर र दलितहरुको बसोवास रहेको यहाँ तत्कालिन माओवादी युद्धका समयमा ७३ जनाले ज्यान गुमाएका थिए। यो माओवादी युद्धताका प्राय सबै केन्द्रीयदेखि तल्लो स्तरसम्मका नेताले टाउको लुकाएको गाउँ हो। अत्याधिक गरिबीमा हुर्किएका जेल्बाङीहरु सोझा र इमान्दार त छन नै परिश्रमी पनि धेरै छन्।