२३ भाद्र २०८१ आइतबार
image/svg+xml

पर्यटन क्षेत्रः मुख्य सिजनको बुकिङ कमजोर

पदयात्रा र हिमाल आरोहणका लागि उपयुक्त हुने भएकोले यो बेला विदेशी पाहुना नेपाल आउन चाहन्छन्। घुमघामका लागि मौसम अनुकुल हुने भएकोले पनि विदेशीको नेपाल आउने चाहना हुन्छ। तर, यो पटक पर्यटन क्षेत्रमा सिजनका लागि आउने पाहुनाको उत्तिसारो बुकिङ छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारः पर्यटकीय सिजन प्रभावित हुने चिन्ता

यो पटक विदेशी पर्यटक भित्रिने मुख्य सिजनभित्रकै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द गरेर पूर्वाधार बिस्तार गरिँदैछ। पूर्वाधार बिस्तारका क्रममा विमानस्थल संचालन समय घटाउने सरकारी तयारी छ। रातीको समयमा विमानस्थल बन्द हुने भएपछि त्यो बेलाका उडान प्रभावित हुने हुँदा त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत असर पार्ने चिन्ता पर्यटन क्षेत्रको छ।

लय गुमाउँदै विदेशी पर्यटक आगमन

योवर्षको सुरुवाती समयमा विदेशी पर्यटक आगमनमा उत्साहजनक वृद्धि थियो। २०२३ को तुलनामा २०२४ को जनवरीमा ४४ प्रतिशत बढेको विदेशी पर्यटकको आगमन पछिल्लो महिना अगष्टसम्म आउँदा त्यो अन्तर घटेर ८ प्रतिशतमा झरेको छ। यो गिरावट एकै महिनाको नभई आठमहिनासम्मको अन्तर हो।

गाइड बिना गएका थिए अन्नपूर्ण क्षेत्रमा स्पेनी जोडी

पर्यटन बोर्डले सन् २०२३ अप्रिल १ देखि पदयात्रा क्षेत्रमा ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको थियो। यो व्यवस्था अनुसार नेपालमा विदेशी पर्यटकले पदयात्रामा जाँदा अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड वा सहयोगी लिएर मात्र जानुपर्ने बाध्यकारी हुन्थ्यो। तर, पदमार्गमा हराएका स्पेनी पर्यटक नेपाली सहयोगी वा गाइड बिना गएको पुष्टि भएको छ। सहयोगी वा गाइड बिना जाँदा ती पर्यटक अप्ठेरोमा परेको पदयात्रा व्यावसायीको ठहर छ।

अन्नपूर्ण क्षेत्रको पदयात्रामा दुइजना स्पेनी पर्यटक सम्पर्कविहीन

अन्नपूर्ण क्षेत्रको घोरेपानी पदयात्रामा निस्केका दुइजना स्पेनी नागरिक बेपत्ता भएका छन्। प्रहरीले खोजीको क्रममा पर्यटक हराएको क्षेत्रमा एकजना पुरुषको शव पनि फेला पारेको छ। तर, विदेशी जस्ता देखिने ती पुरुष हराएकै पर्यटक हुन् वा होईनन् भन्ने बारे यकिन गर्न नसकेको प्रहरीले बताएको छ।

भारतीय पर्यटक बसलाई सडक र घुम्ती पुग्दैन

व्यावसायीले भारतीय यात्रुबाहक बस दुर्घटना हुनुले भारतीय सवारीलाई नेपालका राजमार्गमा गुडाउँदा केही सजग हुनुपर्ने सुझाएका छन्। नेपालको बाटो भारतीय ठुला यात्रुबाहक बसका लागि उपयुक्त नहुने उनीहरुको भनाई छ। ठुला आकारका र दुइतलेसम्मका बस नेपाल आउने गर्दा दुर्घटनाको जोखिम रहेको उनीहरुको भनाई छ।

पोखरा आउने पर्यटकको तथ्याङ्क राखिने

पोखरामा भित्रिने विदेशी पर्यटकको आधिकारिक तथ्यांक कतै छैन। व्यावसायीले पोखरामा कति पर्यटक आउँछन भनेर यकिन भन्न नसकिने बताइरहेकै हुन्छन। पोखरा महानगरका मेयर धनराज आचार्यले अब पोखरामा आउने पर्यटकको तथ्यांक राख्न सुरु गरिने आश्वासन दिएका छन्।

विदेशी पर्यटकः जुलाईको आगमन सात महिनाकै कम

सातमहिना अवधिमा नेपालमा झन्डै साढे ६ लाख विदेशी पर्यटक भित्रिएका छन्। जनवरी देखि जुलाईसम्मको अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ६ लाख ४७ हजार ६ सय १५ पुगेको पर्यटन बोर्डको तथ्यांक रहेको छ। सन् २०२४ को सातमहिना मध्ये सबैभन्दा कम पाहुना यो जुलाईमा आएका छन्।

सुस्तायो लेकसाइडको पर्यटन क्षेत्र

यतिबेला पर्यटकीय सहर पोखरा सुनसान छ । सिजनका बेला भीडभाड हुने पर्यटकीय क्षेत्र लेकसाइडमा यो बेला निकै नै कम मात्र पाहुना छन्। पर्याप्त पाहुना नहुँदा होटल र रेस्टुरेन्ट सुनसान बनेका छन्। पाहुना अभावमा पर्यटन व्यावसायी पनि फुर्सदिला बनेका छन्। बेलुकीपख भीडभाड र रमझम देखिने लेकसाइडको सडक यतिबेला खालि देखिन्छ।

गण्डकी प्रदेशः पर्यटकको दैनिक खर्च ५४ देखि ८९ डलर

गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकले गर्ने दैनिक खर्च भने समग्र मुलुकको तुलनामा बढी छ। गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्चको प्रवृत्तिबारे विशेष अध्ययन गरेको राष्ट्र बैंकको पोखरा कार्यालयको अनुसन्धान इकाइले गण्डकी प्रदेशमा भित्रिएका विदेशी पर्यटकले दैनिक औसतमा ५४ देखि ८९ अमेरिकी डलरसम्म खर्च गर्ने गरेको उल्लेख गरेको छ।

पर्यटकीय पदमार्गः वर्षायाम भएपनि पाहुनालाई समस्या छैन

पर्यटकीय गाउँ घान्द्रुक अहिले सुनसान छ। व्यावसायीले होटल र रेस्टुरेन्ट त खुला राखेका छन्, तर, ती होटलमा बस्न र रेस्टुरेन्टमा खान पुग्ने पर्याप्त पाहुना छैनन्। निकै नै कम संख्यामा पाहुना पर्यटकीय गाउँ उक्लिएको स्थानीय व्यावसायीको भनाई छ।

नेपालमा पर्यटक आगमनः ६ महिनामा ५ लाख ८३ हजार पर्यटक

नेपालमा ६ महिना अवधिमा झन्डै ६ लाख विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार जुन महिनामा समेत गरेर यो वर्षको अहिलेसम्म नेपाल भित्रिएका विदेशी पर्यटकको संख्या ५ लाख ८३ हजार १६ पुगेको छ।

२०२५ मा ‘पोखरा भ्रमण वर्ष’ १५ लाख पर्यटक लक्ष्य

१५ लाख पर्यटक आगमनको लक्ष्य पुरा गर्ने भनिएपनि त्यो संख्यामा आन्तरिक र बाह्य भनेर छुट्याइएको छैन। तर १५ लाखको लक्ष्य पुरा गर्न पोखरा महानगरले नगरभित्रका प्रमुख पर्यटकीय गन्तव्य, साइकल मार्ग र पदमार्गको अभिलेख तयार गरी नक्सांकन गर्ने जनाएको छ।

‘ओभर स्टे’ पर्यटकको काम: दैनिक मजदुरी

पर्यटक प्रहरी कार्यालय पोखराले केहीदिन अघि विभिन्न मुलुकका १२ जना पर्यटकलाई पक्राउ गर्यो। प्रहरीले ‘ओभर स्टे’ (तोकिएको भन्दा बढी समय बसेको) बसेको भन्दै ती पर्यटकलाई पोखरा क्षेत्रमा पक्राउ गरेर अध्यागमन कार्यालयलाई बुझाएको थियो। पक्राउ परेका उनीहरुमध्ये धेरैजसो अध्यागमन हुँदै स्वदेश पुगिसकेका छन्।

पर्यटक आगमन थपिँदै, तर, चिनियाँ पाहुना बढेनन्

नेपालमा विदेशी पर्यटक आगमन निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाएको छ। सन् २०२४ को मे महिनामा नेपालमा ९० हजार २ सय ११ जना विदेशी पाहुना आएका छन्। ती सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्