प्रहरीले थल्याे छाउगोठकाे तथ्यांक संकलन
जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्यांक संकलन सुरु गरेको छ। सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिकाबाट प्रहरीले तथ्यांक संकलन थालेको हो। पहिलो दिन विमानस्थल सुरक्षा गार्ड कोल्टी, पिलुचौर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्तडीबाट टोली खटाइएको कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।