२३ आश्विन २०८१ बुधबार
image/svg+xml

हतियारसहित एक पक्राउ

रौतहट प्रहरीले अबैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । स्थानीय गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलका ५० बर्षिय जोगेन्द्र सहनीलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो।

हातहतियारसहित मुक्तान दम्पती पक्राउ

मकवानपुर प्रहरीले हातहतियार तथा विस्फोटक पदार्थ राखेको आरोपमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका– ५, डिल्लीपुरका ३२ वर्षीय रामबहादुर मुक्तान  र उनकी श्रीमती ३० वर्षीया दिलमायालाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रामबहादुरमाथि गोली प्रहार गरी एकजनालाई घाइते बनाएको समेत आरोप छ।

नेपाली सेनासँग के कस्ता हतियार छन् ? (हेर्नुहोस् तस्बिर र भिडियो)

नेपाली सेनाले फोटो प्रदर्शन गर्दै आफूले गर्दै आएका कामहरु र चलाउँदै आएका हतियार देखाएको छ । बिहीवार त्रिभूवन आर्मी अफिसर क्लबमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले उद्घाटन गरे ।

हतियारसहित ३ जना पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिवासले गोप्य सूचनाको आधारमा बर्दिवास नगरपालिका ३ पाटु घरभएका ३५ वर्षीय लेकबहादुर कालीकोटे, बर्दिवास नगरपालिका १४ घर भएका ४२ वर्षीय वेदवहादुर हमाल र ५० वर्षीय टंक मल्ललाई तीन थान भरुवा वन्दुक सहित पक्राउ गरेको डिएसपी प्रविण पोखरेलले बताएको छ।

गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो।

दुर्गा-बसन्त हत्यामा एउटै हतियार प्रयोग

एक वर्ष अघि रुपन्देहीको देवदहमा हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र तीन साता अघि देवदहमै हत्या गरिएका युवासंघका अर्का कार्यकर्ता बसन्त पौडेलको हत्यामा एउटै हतियार प्रयोग भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

धारिलो हतियार प्रहार गरी वालकको हत्या

रौतहटमा अज्ञात समूहले धारिलो हतियार प्रहारगरी एक वालकको हत्या गरेको छ। स्थानीय राजपुर नगरपालिका वडा नम्वर ९ बलुवा टोलका भिखारी देवानका ८ बर्षिय छोरा मफाजुल देवानको टाउकोमा धारिलो हतियार प्रहार गरी अपरिचित समूहले हत्या गरेको हो।

अवैध हतियार सहित माओवादी नेता पक्राउ

लामो समयदेखि अवैध हात हतियारको कारोबारमा संलग्न रहेको आरोपमा नेकपा माओवादी केन्द्र बाँकेका नेता गरिबे शेखलाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश नम्बर ५ को विशेष प्रहरी व्यूरो टोलीले खजुरा गाउँपालिका वडा नम्वर ५ उढरापुरबाट नेता शेखलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन र चार राउण्ड गोली बरामद गरेको जनाएको छ।

टोखामा गोली चलाउने चारजना हतियारसहित पक्राउ

टोखाको टाखीडाँडा जंगलमा आज दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।  टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एक थान भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको हो।

अवैध हतियारसहित ६ जना पक्राउ

अवैध हतियारसहित शंकास्पद गतिविधिमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोल्हवी नगरपालिका –२ स्थित भलुहीखोर सडकमा चेक जाँचको क्रममा मंगलबार साँझ अवैध हतियारसहित तीन नेपाली र तीन भारतीय नागरिक पक्राउ परेका हुन् । निजगढबाट कोल्हवी आउँदै गरेको ना.१ ह ८०१५ नम्बरको टेम्पोमा रहेका उनीहरुको साथबाट तीन थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने ७ राउन्ड गोली, धारिलो हतियार र ६ थान मोबाइल सेट समेत प्रहरीले बरामद गरेको छ ।

लमजुङ र कास्कीको सीमानामा घरेलु हतियारसहित चार पक्राउ

लमजुङ र कास्कीको सिमावर्ती स्थान रामबजारमा घरेलु हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मध्यनेपाल नगरपालिका वडा नं ७ रामबजारबाट झोलामा हतियार बोकेर कास्कीको रुपा गाउँपालिका तर्फ जाँदै गरेका चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

घरेलु हतियार प्रहारबाट काँग्रेसका छ  कार्यकर्ता घाइते

बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन्।  घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

हतियारसहित एकजना पक्राउ

हतियारसहित रौतहटमा एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी रौतहटले अवैध हतियारसहित रौतहटमा एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ७ बंकुलका ४७ वर्षीय शेख महम्मद उताउर रहेका छन् ।

अमेरिकाले पुनः आणविक हतियार परीक्षण गर्ने

अमेरिका र दक्षिण कोरियाका आणविक विज्ञहरूले पुनः आणविक हातहतियार परीक्षण कार्य अगाडि बढाउने बताएका छन्। दक्षिण कोरियाको राजधानी सिओलमा अमेरिकी तथा दक्षिण कोरियाली आणविक विज्ञहरूबीच भेटवार्ता पछि यस्तो निष्कर्ष निकालिएको हो।

नोवल शान्ति पुरस्कार परमाणु हतियार रोकथाम संस्थालाई

यस वर्षको नोबल शान्ति पुरस्कार अन्तराष्ट्रिय परमाणु हातहतियार रोकथाम अभियान सम्बन्धी संस्थालाई दिने घोषणा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्