११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हतियारसहित एकजना पक्राउ

रौतहट- हतियारसहित रौतहटमा एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी रौतहटले अवैध हतियारसहित रौतहटमा एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ७ बंकुलका ४७ वर्षीय शेख महम्मद उताउर रहेका छन् ।

नेपाल भारत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा उताउर भेटिएपछि निजलाई चेकजाँच गर्दा एअरगन र सोके ११ थान छर्रासहित पक्राउ परेका हुन् । प्रतिबन्धित एअरगन र सोको ११ थान छर्रासहित पक्राउ परेका उताउरलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

निर्वाचनको समयमा सानातिना हतियारले पनि वातावरणलाई प्रभावित पार्ने भएकोले जिल्लाको सुरक्षा निकाय चनाखो बनेको छ । निर्वाचन सम्बन्धी गतिविधि निर्वाध चलिरहेको रौतहटमा करिब दुई हप्तापहिले अर्का एक युवक पनि एअरगनसहित पक्राउ परेका थिए ।

 

प्रकाशित: ७ मंसिर २०७४ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App