६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

टोखामा गोली चलाउने चारजना हतियारसहित पक्राउ

काठमाडौं—टोखाको टाखीडाँडा जंगलमा आज दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।  टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस्ने दुर्गा दुलालमाथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एक थान भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ बस्ने सुनिल तामाङ, सुसान तामाङ, विजय तामाङ र अंकित तामाङ छन्।

गोली प्रहारको सूचनालगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, महानगरीय प्रहरी वृत्त, बालाजु र महाराजगंजबाट प्रहरी टोली परिचालन भई जंगललाई घेरा हालेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुलालको बायाँ कुममा गोली लागेको छ र उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । दुलालको अवस्था खतरामुक्त रहेको बताइएको छ।

 

प्रकाशित: ५ पुस २०७४ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App