लमजुङ – लमजुङमा गाई काट्ने दम्पत्ती प्रहरी फन्दामा परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ११ माघ २०७४ ११:१७ बिहीबार