१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

राेकी राखेकाे बसलाई ट्रकले दियो ठक्कर, घटनास्थलमै तीनजनाको मृत्यु

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ काे बाके जंगलखण्डमा रोकी राखेको रात्रीबसलाई ना५ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौबाट इलाम जाने क्रममा सापट बिग्रेर रोकेको ना४ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

इँटाभट्टाको गारो भत्कँदा भाइबहिनीको मृत्यु

काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित वीर हनुमान ब्रिक फेक्ट्रीको भट्टाभित्र धुँवा पास गर्न बनाइएको गारो (डग वाल) भत्कँदा किचिएर भाइबहिनीको मृत्यु भएको छ। गारोले थिचेर दुईजना घाइते भएका छन्।

केन्याको एक होटलमा आक्रमण, १५ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको वेस्टल्यान्ड जिल्लास्थित एक होटेल परिसरमा मंगलबार गराइएको आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको सो होटेल परिसरमा मंगलबार अपराह्न अल सबाब इस्लामिक आतंककारी समूहले आक्रमण गरेका थिए।

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ।

क्यानडाका एक नागरिकलाई चीनमा मृत्युदण्डको फैसला

लागुऔषध तस्करीको आरोपमा चिनियाँ प्रहरीको हिरासतमा रहेका एक क्यानडेली नागरिक यहाँको अदालतले मृत्युदण्ड सुनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

जब मृत्यु नाच्यो

कसैको मृत्यु उसका आफन्तका लागि पीडादायी हुन्छ। किनकी उसको मृत्युमा आफन्त बिलौना गर्छन्। तर स्वयं मृत्युका लागि मृत्यु कस्तो होला ? यो कल्पना भन्दा बाहिरको कुरा हो। मृत्युको यो भोगाई केबल मृत्युलाई मात्र थाहा हुन्छ। राजधानीको नयाँवानेश्वरस्थित थापागाउँमा रहेको कुन्ज थिएटरमा आइतबार अलिक फरक दृश्य देखियो। अनुहारमा कालो र सेतो रंग पोतेर कालो वस्त्रमा देखिएका दुई महिला र दुई पुरुष आफूलाई ‘मृत्युको कामदार’का रुपमा चिनाउँदै नाचिरहेका थिए।

रुपन्देहीमा तस्कर र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।

अज्ञात वस्तु पड्कदा एक बालकको मृत्यु, बालिका घाइते

अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । विराटनगर महानगरपालिका–१५ स्थित रामजानकी चोकमा शुक्रबार दिउँसो अन्दाजी १ बजे तिर विस्फोट भएको हो ।

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

सल्यानको श्रीनगरमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ। रा१त १४४१ को ट्याक्टरको ठक्करबाट रुकुम (पश्चिम) चौरजहारी नगरपालिका– १३ का २४ वर्षीय राजेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

उवासंघ अध्यक्षको दुर्घटनामा मृत्यु

उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष कुशहरि मैनालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

रेबिजले दुई महिलाको मृत्यु

कुकुरले टोकेर रेबिज लागेका दुई महिलाको मृत्यु भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाए अनुसार दोलखाकी ३८ वर्षीया एक महिलाको बुधबार र वाराकी १९ वर्षीया फुलकुमारी चौधरीको मंगलबार मृत्यु भएको हो।

छाउगोठमा आगलागी, आमासहित दुई छोराको मृत्यु

बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ९ अँगाउपानी बस्ने ३५ वर्षीया अामा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छाेरा रमित बोहरा रहेका छन्।

चितवनमा मोटरसाइकल दुर्घटना, पैदाल यात्रीसहित दुईको मृत्यु

चितवनमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ। भरतपुर महानगरपालिका–१० रिजालचोकमा उक्त मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्री र मोटरसाइकल चालककाे ज्यान गएकाे हाे।

मृत्युको पहिलो कारण सुतेको सुत्यै

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउने दाबी गर्दै आए पनि यथार्थमा विदेश पुगेका युवा असुरक्षित हुने क्रम बढेको छ। रोजगागरीका लागि आकर्षक गन्तव्य मानिएको कोरिया पुगेका युवा सुतेको सुत्यै हुन थालेपछि सरकारमाथि सुरक्षाका थप उपाय सुरु गर्नुपर्ने दबाब सिर्जना भएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्