३० वैशाख २०८३ बुधबार
image/svg+xml

तल्लो सेती जलविद्युत् आयोजना: प्रवेश सुरुङ निर्माण सुरु

तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ।

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ।

सन्तुलनको सौन्दर्य

लोकतान्त्रिक शासनमा स्पष्ट रूपमा शक्ति पृथकीकरणको व्यवस्था हुन्छ। निर्वाचनबाट सरकारमा पुगेपछि पनि संविधान र कानुनको पालना गर्नैपर्छ।

राष्ट्रिय परिचयपत्रको सर्भर ९ दिनदेखि डाउन, लाखौं सेवाग्राही प्रभावित

यही वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देखापरेको समस्या समाधान नहुँदा सेवा पूर्ववत हुन सकेको छैन। नौ दिनसम्म सेवा अवरुद्ध भएका कारण मंगलबार सेवाग्राहीले विभागका कर्मचारीसँग आक्रोस पोख्दा केहीबेर तनाव भयो।

सुल्झनुको साटो बल्झँदै कांग्रेस विवाद

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा १९ नेता मनोनीत भएसँगै पार्टीभित्रको विवाद अझै बढ्ने देखिएको छ।

१० महिनामा १२७३ नेपाली ‘कफिन’ मा फर्किए

घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्ज्वल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि बिदेसिन्छन्।

दुई लेनको फास्ट ट्रयाक बनाई तत्काल गाडी चलाउन सेनालाई सुझाव

दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाडौंलाई तराई/मधेससँग जोड्न फास्ट ट्र्याक (द्रुत मार्ग) निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा दुई वर्षभित्र दायाँ वा बायाँमध्ये एकतर्फ दुई लेन तयार गरी गाडी चलाउने बनाउन सुझाव दिएको छ।

पाँच महिनामा एक लाख बढी विदेशी नागरिक ‘ट्र्याकिङ’ मा

अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ।

पशुपति कोषले एक महिनाभित्रै गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैँले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ।

रसुवामा डिपबोरिङले ल्यायो पाँच सय घरपरिवारमा खुसीयाली

रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका पाँच सय परिवार लाभान्वित भएका छन्।

भन्सार छलीको आरोप तथ्यहीन: एमएडब्लु समूह

उजुरीको आधारमा मात्र उद्योगी–व्यवसायीलाई दोषी ठहर गर्ने र मिडिया ट्रायल गर्ने कार्य अनुचित भएको उल्लेख गर्दै यसले व्यवसायीको मनोबल घटाउने तथा लगानी–व्यवसाय वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिइएको छ ।

‘दिनको १६ घण्टासम्म काम गरिरहेका छौं, बजेटले नयाँ आर्थिक आधार खडा गर्नेछ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अर्थ मन्त्रालयको टोली दिनमा १६ घण्टासम्म खटिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्