२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

सिंहदरबारभित्र गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य घाइते

सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छिन्।

आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा सांसद गैरे घाइते भएकी हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गाडीको ठक्करबाट घाइते भएकी गैरेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

ठक्कर दिने सोही गाडीले उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सदस्य गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८३ १८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App